नविल बैंकको नाफा एक अर्ब ८३ करोड, खराब कर्जा बढ्यो

  २०७४ माघ १५ गते ९:२२     विकासन्युज

काठमाडौं । नविल बैंकले २०७४ पुस मसान्तसम्ममा एक अर्ब ८३ करोड नाफा कमाएको छ । २०७३ पुस मसान्तसम्ममा बैंकले एक अर्ब ७४ करोड नाफा कमाएको थियो । बैंकले चालु आवको दोश्रो त्रैमासमा गत वर्षकाे साेही अवधिकाे तुलनामा आफ्नो नाफा ९ करोडले बढाएको हो ।

नविल बैंकले ६ महिनामा एक खर्ब २१ अर्ब निक्षेप संकलन गरेर एक खर्ब कर्जा लगानी गरेको देखिन्छ । ८ अर्ब ४ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड रहेको छ ।

बैंकको ब्याज आम्दानी ५ अर्ब २४ करोड रुपैंयाँ गर्दा २ अर्ब २८ करोड ब्याज खर्च गरेको छ । बैंकको खराब कर्जा भने ०.९० प्रतिशतबाट बढेर १.१३ प्रतिशत पुगेको छ । बैंकको सिडी रेसियो ७६.४९ प्रतिशत रहेको छ ।

बैंकको प्रति सेयर आम्दानी ४५.४९ रुपैंयाँ छ भने प्रति सेयर नेटवर्थ १९८ रुपैंयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.