सानिमा बैंकको खुदनाफा साढे ८२ करोड, खराब कर्जा शुन्य

  २०७४ माघ ७ गते ९:२९     विकासन्युज

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा खुदनाफा २० करोड रुपैयाँ बढाएको छ । बैंकले चालु आवको ६ महिनामा ८२ करोड ४७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६२ करोड २४ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले आइतबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको वित्तीय विवरणमा नाफामा बढोत्तरी भएको देखाएको छ ।

सानिमाको निष्क्रिय कर्जा अनुपात ०.०३ प्रतिशत रहेको छ । बैंकको निक्षेप लागत ७.२४, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.९९, आधार ब्याजदर ९.७१, कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड) ४.१८ प्रतिशत रहेको बैंकले जानकारी दिएको छ ।

यस्तै बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ५६ पैसा छ । समीक्षा अवधिमा बैंकले निक्षेप बढाएका छ । गत पुससम्म बैंकको निक्षेप बढेर ६८ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा सानिमाको निक्षेप ५१ अर्ब ७९ करोड रुपैयाँ थियो ।

यस्तै कर्जा लगानी पनि बढेर ६० अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी बढेर ४६ अर्ब ९२ करोड रुपैयाँ थियो ।

बैंकको संचित कोषमा १ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ छ । बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.