इन्टरनेसनल सिमेन्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल नियुक्त

  २०७४ पुष ३० गते २०:१७     विकासन्युज

काठमाडौं । इन्टरनेसनल सिमेन्टले अभिनेता राजेश हमाललाई आफ्ना उत्पादनहरुको ब्रान्ड एम्बेसडर बनाएको छ । कम्पनी र अभिनेता हमालबीच शनिबार सो सम्बन्धी अनुबन्ध पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कम्पनी सञ्चालक विमल अग्रवाल र हमालले हस्ताक्षर गरेका छन् ।

अब इन्टरनेसनल सिमेन्टका उत्पादनहरुको प्रवद्र्धन अभियान तथा प्रचार सामग्रीमा अभिनेता हमाल सामेल हुनेछन् । वीरगन्जस्थित इन्टरनेसनल सिमेन्टले ओम, ज्योति र रुद्राक्ष, ब्रान्ड नाममा सिमेन्ट उत्पादन गर्दै आएको छ ।

कम्पनी सञ्चालक अग्रवालले हमालको सहभागिताबाट आफ्ना ब्रान्डको बजार प्रवद्र्धनमा ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.