सिन्धु विकास बैंकको संस्थापक हकप्रद लिलामी हुदै, माघ १० गते अन्तिम दिन

  २०७४ पुष २३ गते ९:५१     विकासन्युज

काठमाडौं । सिन्धु विकास बैंकले बिक्री नभएका संस्थापक समूहको हकप्रद सेयर लिलामी गर्ने भएको छ ।

बैंकले ५ लाख ३८ हजार ३०२ कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो ।

बैंकले चुक्तपुँजी बढाउन भदौ १८ देखि कात्तिक ५ गतेसम्म हकप्रद बिक्री खुला गर्दा आवेदन नपरेका बाँकी सेयर लिलामी गर्न लागेको हो ।

खरिदकर्ताले बोलपत्र पेश गर्ने सुरुको मिति माघ २ गते र अन्तिम मिति माघ १० गतेलाई तोकिएको छ ।

बोलपत्र बुझाउने ठाउँ एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडको लाजिम्पाट, लगनखेल र पोखराको चिप्लेढुङमा रहेको छ ।  यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको बिराटनगर्, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, बुटबल, नारायणगढ र धनगढीबाट भर्न सकिने बिक्री प्रवन्धक एनआईबीएलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.