४५ दुर्गम स्थानीय तहमा बाणिज्य बैंकका नयाँ शाखा, कुन बैंकले कहाँ खोले ?(सूचिसहित)

  २०७४ पुष १६ गते ११:१७     विकासन्युज

काठमाडौं । ४५ वटा दुर्गम स्थानीय तहमा बाणिज्य बैंकहरुले शाखा खोलेका छन् । सरकारले सबै स्थानीय तहमा न्युनतम एउटा बाणिज्य बैंकको शाखा स्थापना गर्ने निर्णय गरेपछि दुर्गमका ४५ तहमा बाणिज्य बैंकका शाखा स्थापना भएका हुन् ।

सरकारले स्थानीय तहको बजेट राख्नका लागि बाणिज्य बैंकमै खाता खोल्नुपर्ने व्यवस्था गरेको छ । हाल मुलुकभर ७५३ वटा स्थानीय तह रहेका छन् । तीमध्ये ३५५ वटा स्थानीय तहमा बाणिज्य बैंकको सञ्जाल स्थापना भएको थिएन् ।

‘सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा खोल्ने अभियान अन्तर्गत केन्द्रिय बैंकले काम गरिरहेको छ, हामी बैंकहरुलाई प्रोत्साहन गरिरहेका छौं र सरकारलाई पुर्वाधार विस्तार गर्न अनुरोध गरिरहेका छौं’, राष्ट बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने ।

पण्डितका अनुसार सबै स्थानीय तहमा बाणिज्य बैंकको शाखा विस्तारका लागि पुर्वाधार र बजारको अभाव रहेको छ । ‘बैंकको शाखा खोल्नका लागि बिजुली, बाटो, सुरक्षा र बजारको आवश्यकता पर्छ, हाम्रा धेरै तहमा त्यस्तो सुबिधा अझै पुगेको देखिन्न, बाणिज्य बैंकको शाखा विस्तारमा केहि चुनौती छ र तर हामी काम गरिरहेका छौं’, पण्डितले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.