मेगा बैंकको १८ लाख ४० हजार कित्ता हकप्रद सेयर लिलामी हुदै

  २०७४ पुष १४ गते १७:३१     विकासन्युज

काठमाडौं । मेगा बैंकले बिक्री नभएको १८ लाख ४० हजार कित्ता हकप्रद सेयर लिलामी गर्ने भएको छ ।बैंकले चुक्तापुँजी बढाउन ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेकोमा बाँडफाँड भएपछि बिक्री नभएको हकप्रद लिलामी गर्न लागेको हो ।

रितिपुर्वक आवेदन दिने १ लाख ४८ हजार ८७४ आवेदकलाई २ करोड ७९ लाख ४४ हजार २९५ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको बैंकले जनाएको छ ।
हकप्रद बाँडफाँडपछि मेगाको चुक्ता पूँजी ७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । मेगाले टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर गर्ने भएको छ । मर्जरमा जाने प्रस्ताव विशेष साधारणसभाले पारित गरेकाले मर्जर प्रक्रिया सुरु हुने छ । टुरिजमलाई गाभेपछि मेगाको चुक्तापुँजी साढे ९ अर्ब रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.