नबिल बैंकका सीर्इअाे सशीन जोशीको राजीनामा स्वीकृत, उपेन्द्र पाैडेल अाजै नियुक्त

  २०७४ मंसिर १९ गते १२:१८     विकासन्युज

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा आज (मंसिर १९ गते) बसेको सञ्चालक समितिको बैंठकले स्वीकृत गरेको हो ।

जोशीको राजीनामा आगामी फागुन ५ गतेदेखि लागू हुने गरी स्वीकृत भएको बैंकले जनाएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको प्रगतिविवरण कमजोर बनेपछि सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतहरुलाई राम्रो नतिजा निकाल्न चर्को दवाव दिन थालेका छन् ।

त्यसैको परिणाम प्रमुख कार्यकारी अधिकृतहरु आफ्नो कार्यकाल पूरा नहुँदै राजीनामा गर्न बाध्य हुने गरेको जानकारहरु बताउँछन् ।

जोशी नविल बैंकमा चार वर्षको लागि नियुक्त भएको थिए । तर साढे दुई वर्ष पुरा नहुँदै उनले पदबाट राजीनामा दिएका छन् ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४७ प्रतिशत लाभांश दिएको थियो । तर बैंकको प्रर्फमेन्सबाट प्रर्वद्धक र सञ्चालक समिति असन्तुष्ट रहेको जोशीले बताउँदै आएका थिए ।

विकासन्यूजसँग कुरा गर्दै जाेशीले अाफूले स्वेच्छाले राजीनामा दिएकाे बताए । बैकिङ क्षेत्रबाट बाहिने साेचसहित साेमबार राजीनामा बुझाएकाे उनले बताए । जाेशी अरू बैंकमा जानकाे लागि नबिल बैंक छाेडेकाे भन्ने हल्ला अाधारहिन भएकाे उनले बताए ।

त्यसैगरी नबिल बैंकको सञ्चालक समिति सदस्यमा उपेन्द्र पौडेल नियुक्त भएका छन् । सञ्चालक कृष्णप्रसाद शर्माको सट्टामा पौडेलले एनबी इन्टरनेशनलको तर्फबाट प्रतिनिधित्व गरेको बैंकले जनाएको छ ।

नबिल बैंकमा एनबी इन्टरनेशनलको ५० प्रतिशत सेयर लगानी रहेको छ । एनबी इन्टरनेशनलको मुख्य लगानीकर्ता विनोद चौधरी हुन् ।

पौडेल यसअघि एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । सो बैंकमा करिव १६ वर्ष प्रमुख कार्यकारी अधिकृत भई काम गरेको पौडेलसँग तीन दशकभन्दा बढी अवधि बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.