नबिल बैंकले एकै दिन थप १० शाखाहरु विस्तार गर्यो

  २०७४ मंसिर १८ गते २१:१९     विकासन्युज

काठमाडौं । नबिल बैंकले एकै दिन १० वटा शाखा विस्तार गरेको छ । बैंकले सोमबार विरेन्द्रनगर, टिकापुर, तालचोक बगर, पोखराको अमरसिंहचोक, दाङको लमहि,महोत्तरीको महोत्तरी, चिटवनको टाँडी, सिराहाको लाहान, सर्लाहीको हरिवनमा नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । हालै खोलिएका १० नयाँ शाखाहरु सहित नबिल बैंकले ६२ वटा शाखाहरु तथा २ एक्स्टेन्शन काउन्टर सहितको बृहत सञ्जाल, १०० वटा एटिएमहरु र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् देशव्यापी रुपमा र वैदेशि अवस्थित अन्य धेरै बैंकिङ एजेन्सीहरु मार्फत् विश्वभर सेवा प्रदान गरि आएकाे नविलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.