२०१७ मा नेपाल भित्रिएका उत्कृष्ट १० स्मार्टफोनहरु, मूल्य र फिचर सहित

  २०७४ मंसिर १८ गते १६:२४     विकासन्युज

काठमाडौं । २०१७ को अन्त्य हुँदैछ । यो वर्ष नेपाली स्मार्टफोन बजारका लागि विशेष बनेको छ । सूचनाप्रविधीमा उत्साहपूर्ण मानिएको वर्ष २०१७ मा स्मार्टफोन तथा मोबाइलको राम्रो व्यापारसँगै नयाँ फिचरसहितका ब्राण्डेड स्मार्टफोनहरु यस वर्ष सार्वजनिक भएका छन् ।

विश्वविख्यात कम्पनीहरुले आकर्षक फिचर भएका नयाँ मोबाइलहरु प्रस्तुत गरेका छन् ।
कुन-कुन हुन् त २०१७ का १० उत्कृष्ट स्मार्टफोनहरु ?

सामसङ ग्यालेक्सी एस ८ र ग्यालेक्सी एस ८ प्लस

यो स्मार्टफोन विश्व प्रसिद्ध सामसङ कम्पनीको सर्वाधिक महंगो उत्पादन हो । गत बैशाख २२ गतेदेखि कम्पनीले यसलाई बजारमा उपलब्ध गराएको थियो । ग्यालेक्सी एस८ को बजार मुल्य ८८ हजार ९ सय रुपैंयाँ पर्छ भने ग्यालेक्सी एस८ प्लसको मुल्य ९८ हजार ९ सय रुपैंयाँ पर्छ । यी दुई मोबाइल सेटहरु सामसङको हालसम्मकै सर्वाधिक महंगो र अत्याधुनिक फिचर समेटिएका मोबाइल हुन् ।

ग्यालेक्सी एस८मा ५ दशमलब ८ इन्चको स्व्रिmन छ भने ग्यालेक्सी एस८ प्लसमा ६ दशमलब २ इन्चको स्क्रिन रहेको छ । एस८ प्लसमा होम कीको साटो प्रेसर सेन्सर भएको सफट् की राखिएको छ । ठूलो स्क्रिन भए पनि यी मोबाइलहरुमा गोलाकार किनार र सिमेट्रिक साइडले एउटै हातले मोबाइल चलाउन सकिने सुबिधा रहेको छ ।

यी मोबाइलमा डिफेन्स ग्रेड सेक्युरिटी प्ल्याटफर्म, फिंगर प्रिन्ट, फेस रिकगिनसन(अनुहार चिन्न सक्ने क्षमता) लगायतका बायोमेट्रिक प्रबिधी जडान गरिएको आइरिस स्क्यानर पहिलो पटक राखिएको छ ।

एफ १.७ लेन्स जडान गरिएको ८ मेगापिक्सलका फ्रन्ट क्यामेरा, न्युन प्रकाश र उच्च प्रकाशमा पनि उज्यालो दिन सक्ने रिजोलुसन, अटोफोकस, फेसियल रिकगिनसन टेक्नोलोजी, फन स्टिकर र स्ट्याम्प पनि यसमा रहेका छन् । १० एनएम प्रोसेसरले २० प्रतिशत व्याट्री खपत कम गराउने कम्पनीले बताएको छ ।

यी मोबाइलमा आइपी६८ वाटर एण्ड डस्ट रेसिसटेन्स, हाइब्रिड ड्युअल सिम स्लट, २५६ जिबीसम्म् बडाउन मिल्ने ६४ जिबीको इन्टर्नल मेमोरी, चाँडै चार्ज हुने व्याट्री, सधैं अन हुने डिस्प्लेको बिशेषता यी मोबाइलमा पाइन्छ । ग्यालेक्सी एस८ मोबाइल मिडनाइट ब्ल्याक र म्यापल गोल्डमा उपलब्ध छन् भने एस८ प्लस कोरल ब्ल्यु भ्यारियन्टमा उपलब्ध छन् ।

हुवावेको नोवा आइ टु

विश्वकै तेस्रो ठुलो मोबाइल कम्पनी हुवावेले बहुप्रतिक्षित नयाँ फोन नोवा आई टू नेपाली बजारमा भित्र्याएको थियो । यसको बजार मूल्य ३३ हजार ९ सय रुपैयाँ रहेको छ ।

नोभा २ आई ग्राफिट ब्ल्याक तथा प्रेस्टिजिएस गोल्ड गरी दुई वटा कलरहरुमा उपलब्ध छ ।  यो स्मार्टफोनको ब्याट्री क्षमता ३३४० एमएच रहेको छ । यो मोबाइलको ५.५० ईञ्चको स्क्रिन साइज रहेको छ । कम्पनीका अनुसार यसको रिजोलूशन १०८०*२१६० पिक्सल रहेको छ ।

यो स्मार्टफोन १.७ गीगाहर्ज अक्टा(कोर प्रोसेसरको हाइसिलिकन किरिन ६५९ मोडलमा आधारित छ । यसको आन्तरिक स्टोरेज ६४ जिबिको छ भने ४ जिबिको र्‍याम रहेको छ । यसको स्टोरेजलाई २५६ जिबिसम्म बढाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

१६ मेगापिक्सलको रियर क्यामरा रहेको यो मोबाइलको फ्रन्ट क्यामरा ९सेल्फि क्यामरा० १३ मेगापिक्सलको रहेको छ । यो एन्ड्रोइन ७.० भर्सनको अपरेटिङ सिस्टमबाट सञ्चालित छ ।

१५६.२०*७५*७.५० (लम्बाई, चौडाई र मोटाई) नापको यो मोबाइलको तौल १६४ ग्राम रहेको छ ।

लेनोभोका चार स्मार्टफोन

गत २९ असारमा लेनोभो स्मार्टफोनले नयाँ चार स्मार्टफोनका मोबाइलहरु नेपाली बजारमा ल्याएको  थियो ।  सार्वजनिक गरिएका मोडलहरुमाः लेनोभो के थ्री नोट, लेनोभो के फोर नोट, लेनोभो भाइव पी वान एम, र लेनोभो भाइव सी हुन् ।

कम्पनीका अनुसार लेनोभो के फोर नोटमा ५.५ इन्चको फूल एचडी डिस्प्ले छ भने यसमा ३ जीबी र्याम, १६ जीबी रोम र ३,३०० एमएएच ब्याट्री रहेको छ । यो १.३ गीगाहर्जको अक्टा कोर प्रोससरद्धारा संचालन हुन्छ । यसले फोरजी एल टी ई नेटवर्क सपोर्ट गर्दछ । यसको मूख्य विशेषता भनेको यसको पछाडिको भागमा रहेको फिंगरप्रिन्ट रिडर हो । यो फोनमा ड्यूल एलईडी फ्ल्याशसहित १३ मेगापिक्सेलको फेस डिटेक्सन, अटोफोकस रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट सूटर रहेको छ । उपभोक्ताले यो मोडलको खरिदमा एउटा निशुल्क भी आर हेडसेट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

लेनोभो के फोर नोटमा रहेको थिएटर म्याक्स फीचरले प्रयोगकर्तालाई ठूलो स्क्रीनमा हेरेको जस्तै अनुभव प्रदान गर्दछ । यसमा लेनोभो भीआर टेक्नोलोजी प्रयोग गरिएको छ जसले सिनेम्याटिक एक्सपेरियन्स दिन्छ । यो स्मार्टफोनमा हेरिने मूभिज, गेम्सलाई अझ आकर्षक र रोचक अनुभव लिएर भिआर हेडसेटका साथ हेर्न सकिन्छ । त्यस्तै कम्पनीले सराउण्ड साउण्ड अडियो सिस्टम प्रयोग गरेको छ जसले यसलाई अझ आकर्षक बनाएको छ ।

अर्को फोन लेनोभो के थ्री नोटमा १.७ गीगाहर्जको प्रोसेसर छ भने यसमा २ जीबी र्याम र १६ जीबीको रोम रहेको छ । यो स्मार्टफोनले ५.५ इन्चको एफ एच डी डिस्प्ले, २९०० एमएएच ब्याट्री प्रदर्शन गर्दछ । यसमा ड्यूल एलईडी फ्ल्याश सहित १३ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । यसमा विश्वको पहिलो डल्बि एटमोस भएको ड्यूल स्पीकर रहेको छ ।

कम्पनीका अनुसार लेनोभो भाइव पी वान एममा ५ इन्चको आइृपीएस डिस्प्ले छ र यो २ जीबी र्याम र १६ जीबी रोम सहित आउँछ । यसमा ४ हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको छ, जसले टूजीमा ३६ घण्टासम्मको टक टाइम र थ्रीजीमा १६ घण्टासम्मको टक टाइम दिन्छ । यो फोनमा ८ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

लेनोभो भाइव सी १.१ गीगा हर्जको क्वाड कोर प्रोसेसर, र १ जीबी र्याम तथा ८ जीबी रोमसहित आउँछ । यो फोनमा २,३०० एमएएचको ब्याट्री प्याक रहेको छ, जसले २६० घण्टासम्म निरन्तर फोन संचालन हुन्छ । यो स्मार्टफोनले फोरजी नेटवर्क पनि सपोर्ट गर्दछ भने यसमा ५ मेगापिक्सेलको रियर क्यामरा र २ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले जनाए अनुसार यी सबै मोडलहरुले एन्ड्रोयड ललीपप अपरेटिंग सफ्टवेयर सपोर्ट गर्दछ भने द्रूत र शक्तिशाली प्रोसेसर सहित आउँछन्, जसले ड्यूल स्ट्याण्डवाई सहितको ड्यूल सिम सपोर्ट गर्दछ । कम्पनीले लागू गरेको नयाँ मोडलको घोषणाका साथमा क्यास काउण्ट योजना पनि संचालनमा छ । लेनोभो क्यास काउण्ट योजना अन्तर्गत प्रत्येक लेनोभो स्मार्ट फोनको खरिदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् जुन स्क्रयाच गरि स्योर शट पाँच सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म क्यास काउण्ट गर्ने अवसर पाउने कम्पनीले बताएको छ ।

ओटोको फ्रयांक ड्युअल

ओटो फोन्सले यसपाली नेपाली बजारमा ओटो फ्रयांक ड्युअल सार्वजनिक गरेको थियो । यो मोबाइल बजारमा सुनौलो र कालो रंगमा उपलब्ध छ । यो भन्दा पहिले ओटोले मार्क सिरिज अन्तर्गत ओटो मार्क र ओटो मार्क २ बजारमा ल्याइसकेको छ ।

ओटो फ्र्यांक ड्युअल को फुलमेटल बडी, २.५ डि कर्भस्क्रीन, पछाडी सोनीको आइएमएक्स लेन्सको दुईवटा क्यामेराको साथै फिंगरप्रिन्ट सेन्सरको कारण  १० हजार भन्दा तलका फोनहरुमध्य  उत्कृष्ट फोन बन्ने विश्वास कम्पनीले राखेको छ।

ओटो मार्क २ सिरिजपछि, ओटो फोंन्सले फेरी पनि आफ्नो स्मार्टफोंन्सका साथ विविध तथा उत्कृष्ट अनुभव दिन फ्रान्क सिरिज बजारमा उपलब्ध गराएको कम्पनीको भनाई रहेको छ ।

५ इन्चको २.५ डि कर्भस्क्रीन रहेको ओटो माहजुरले फ्र्यांक ड्युअल एचडी आइपिएस डिस्प्लेको सुबिधा पाउन सकिनेछ । यो फोनको विशेषता भनेकै यो फोनको बलियो स्क्रीन रहेको छ । अन्य फोनहरु भन्दा यो फोनको स्क्रीन बलियो र मजबूत रहेको ओटो फोन्सको दाबी छ ।

सामान्यरुपमा हातबाट झर्दा पनि यो फोनको स्क्रीन सजिलै नफुट्ने भएकोले यो फोनलाई कम्पनीले ‘टफ फोन’ भनेर बजारमा सार्बजनिक गरेको छ ।

यो फोनको फुल मेटलबडीले प्रयोगकर्तालाई प्रीमियम फोनको अनुभव दिनेछ । बलियो फोनको साथ साथै यो फोनमा हजुरले अहिले बजारमा चलिरहेको ड्युअल क्यामेराको प्रवृत्तिको सुबिधा पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

यो फोनको पछाडी दुइवटा क्यामेरा, एउटा क्यामेरा ८ मेगापिक्सल र अर्को क्यामेरा २ मेगापिक्सलको रहेको छ । यी क्यामेरामा सोनीको आइएम एक्स लेन्सको प्रयोग गरिएको छ । अगाडीको सेल्फी क्यामेरा चाँही २ मेगापिक्सलको रहेको छ ।

ओटो फ्रयांक ड्यूअल एन्ड्रोइडको नोगटको साथै १.३ गिगाहर्ज मिडिया टेक ६५८० क्वाड कोर प्रोसेसर बाट परिचालित छ । ओटो फ्रयांक ड्युअल १६ जिबिको रोम र १ जिबिको र्योम ले सुसज्जित छ १६ जिबिको रोम ६४ जिबिसम्म बढाउन सकिने कम्पनीले जनाएको छ ।

माइक्रोम्याक्सको क्यु ३००१ र क्यु३३०१

यो माइक्रोम्याक्सले नयाँ उत्पादन क्यु ३००१ र क्यु३३०१ नेपाली बजारमा ल्याएको थियो ।  क्यु ३००१ र क्यु३३०१ दुबै बोल्ट सिरिजको स्मार्टफोनकारुपमा सार्वजनिकगरिएको हो ।

स्मार्टफोन जगतमा माइक्रोम्याक्स विश्व प्रसिद्ध भारतीय ब्राण्ड हो।  

क्यु ३००१मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर, तथा५१२ एमबीको र्याम तथा ४ जीबीको रोम राखिएको छ । यो एन्ड्रोयड ६.० मार्शमाल्लो अपरेटिंग सिस्टम राखिएको छ । यो फोनमा ५ मेगापिक्सेलको उच्च रिजोल्यूशनको क्यामरा र सेल्फीकालागि २ मेगापिक्सेलको क्यामरा रहेको छ ।यसमा ४.० इन्चको एफडब्लूभीजीए डिस्प्ले रहेको छ । यो फोन ३जी सपोर्ट गर्दछ भने १,४०० एमएएचको ब्याट्रीका साथमा उपलब्ध छ ।यसको अधिकतममूल्य ५ हजार ६० रुपैयाँ छ ।

क्यु ३३०१ मा १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसर, तथा ५१२ एमबीको र्याम तथा ४ जीबीको रोम राखिएको छ, जसले गर्दा यो फोन तिब्र संचालन हुन्छ । यो एन्ड्रोयड ६.० मार्शमाल्लो अपरेटिंग सिस्टम राखिएको छ । यसमा ५ मेगापिक्सेलको उच्च रिजोल्यूशनको क्यामरा, सेल्फीकालागि २ मेगापिक्सेलको क्यामरा रहेको छ ।

यो फोन थ्रीजी सपोर्ट गर्दछ भने १,६५० एमएएचको ब्याट्रीका साथमाउपलब्ध छ । यो फोनको आर्कषकता कायम गर्नका साथै फोनको अधिक सुरक्षाकालागि निशुल्क पारदर्शि ब्याक कभर  छ । यसको अधिकतममूल्य पाँच हजार ७ सय रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.