‘ग्राण्ड एक्सचेज मेला’ मंसिर ७ गते देखि ११ गतेसम्म आयोजना हुने

  २०७४ मंसिर ६ गते १७:३९     विकासन्युज

काठमाडौं । पल्सर मोटरसाइकलको बजाज नेपालका लागि अधिकृत बितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘ग्राण्ड एक्सचेज मेला’ आयोजना गर्ने भएको छ ।

‘जिन्दगी बदलिन्छ बजाज एक्स्चेन्जसँग’ भन्ने मुलनाराका साथ काठमाडौंको भृकुटी मण्डपमा यहि नोभेम्वर २३ देखि नोभेम्वर २७ अर्थात मंसिर ७ गते देखि ११ गतेसम्म मेला आयोजना हुने भएकाे छ ।

‘ग्राण्ड एक्सचेज मेला’ नेपालकै सबैभन्दा ठुलो बाइक एक्सचेन्ज मेला हुने कम्पनीले विश्वास लिएको छ । यस सुवर्ण अवसरमा ग्राकह महानुभाबहरुले कुनै पनि ब्राण्डका मोटर साइकल र स्कुटरहरु ल्याएर बजाजका मोटरसाइकलसंग साट्न पाउनेछन् ।

साथै, मेलालाई भव्य बनाउन कम्पनीले आर्कषक गिफ्ट ह्यामपरहरु समेत राखेको छ । हरेक दिन भाग्यशाली एक जाना ग्राहकले प्रत्येक दिन हुने लक्की ड्र बाट सामसुङ मोवाइलसमेत जित्न सक्नेछन् । हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेडले आफ्ना ग्राहकलाई सदैब सोर्वोत्तम सेवा, सुविधा प्रदान गर्दै आएको कुरामा विश्वस्त रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.