एनआईसी एशिया बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, ७ वर्ष अवधि, ९ प्रतिशत व्याजदर

  २०७४ कार्तिक २५ गते १२:२६     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ९ प्रतिशत व्याजदरको ७ वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र २०८१/०८२’ निष्काशन गर्न लागेको हो ।

बैंकले १,००० रुपैयाँ अंकित दरका ३०,००,००० कित्ताले ऋणपत्र निष्कासनको निमित्त नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मध्ये ८० प्रतिशत (२ अर्ब ४० करोड) व्यक्तिगत र २० प्रतिशत (६० करोड) सर्वसाधारणहरुका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृत पश्चात निष्कासन तथा बिक्री खुला गरिनेछ । प्रस्तावित ९ प्रतिशत बार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुत्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि ऋणपत्र निष्कासन गर्न लागिएकोे छ ।

ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा एनआईसी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यस ऋणपत्रले लगानी कर्तालाई उच्चतम प्रतिफल प्राप्त गर्ने सुवर्ण अवसर दिने बैंकले विश्वास राखेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.