शिखर शुज क्रेजिमेलाको म्याद दुई दिन थप, कात्तिक २८ गते सम्म हुने

  २०७४ कार्तिक २४ गते १७:५३     विकासन्युज

काठमाडौं । शिखर शुजले भृकुटीमण्डपमा जारी गरेको शुज क्रेजिमेलाको म्याद दुई दिन थप भएको छ । २० दिनसम्म चल्ने भनिएको उक्त मेला अब कात्तिक २८ गते सम्म हुने भएकोे छ ।

कात्तिक ६ गतेदेखि शुरु भएको उक्त मेलामा मेलामा शिखर शुजले हरेक जुत्ता चप्पलको खदिमा १० देखि ७० प्रतिशत सम्मको छुट दिँदै आएको छ । जाडोयामको जुत्ता, छालाको जुत्ता र स्कुलका जुत्ता किन्न गा्रहक वर्गको दिनहुँ घुँइचो लागि रहेको कुरा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले जानकारी दिएका छन् । ग्राहकहरुको आग्रहलाई ध्यानमा राखी यो मेला थप २ दिनसम्म लम्बाइएको उनले बताए ।

उक्त मेलामा हरेक शिखर जुत्ताका खरिदमा १० देखि ७० प्रतिशत सम्मको छुट पाउनुको साथ ५०० रुपैयाँमा छालाको, कपडाको जुत्ता छानी छानी पाइनेछ ।

कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको एवम जाडोयामको लागि न्यानो कपडाको जुत्ता लगायतका करिब चार सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । यस उद्योगमा अहिले ७ सयभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् ।

ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ । कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चापदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.