२०७४ कार्तिक १७ गते १७:०० विकासन्युज
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र इन्डस्ट्रियल बैंक अफ कोरियाबीच रेमिट्यान्स सम्झौता भएको छ । इन्डस्ट्रियल बैंक अफ कोरियाको मुख्यालय दक्षिण कोरियामा सो बैंकका चिफ डिजिएम वु डोङ हो र माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सन्तोष कोइरालाकाबीच सम्झौता आदान प्रदान भएको हो ।
साथै, दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहले एक कार्यक्रमकाबीच उक्त रेमिट्यान्स सेवाको औपचारिक उद्घाटन गरेका हुन् ।
यो सम्झौता पश्चात दक्षिण कोरियामा कार्यरत नेपालीहरुले इन्डस्ट्रियल बैंक अफ कोरियाको माध्यमबाट माछापुच्छ्रे बैंकका ६२ शाखा, ४ एक्स्टेन्सन काउण्टर र ६ शाखारहित सेवा काउण्टरमा सजिलो र सरल माध्यमले रकम पठाउन सक्नेछन् ।
साथै, माछापुच्छ्रे बैंकले नेपाल रकम पठाउने नेपालीहरुलाई बचत खातामा निःशुल्क दुर्घटना बीमा लगायत कर्जा र अन्य बैंकिंग सेवाहरुमा विशेष सुविधा तथा सहुलियतहरु प्रदान गर्ने बताएको छ । बैंकले दक्षिण कोरियाबाट नै अत्याधुनिक उपकरणको प्रयोग गरी रियल टाईममा खाता खोल्ने सुविधा समेत प्रदान गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.