२०७४ कार्तिक १ गते ९:११ विकासन्युज
काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने भएको छ । बोनस दिने प्रस्ताव आउदो कात्तिक २४ गते वस्ने १३ औं वार्षिक साधारणसभामा पेश हुने छ ।
चुक्तापुँजी बढाउन केन्द्रले सेयरधनीलाई बोनस सेयर दिन लागेको हो । बोनस सेयर वितरणपछि कम्पनीको जारी र चुक्तापुँजीमा वृद्धि हुने भएपछि कम्पनीको प्रवन्धपत्र नियमावली परिमार्जन हुने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरेअनुसार गत आर्थिक वर्षमा गरेको नाफाबाट २५ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव सभामा पेश हुने छ ।
यस्तै बैंक, विकास बैंक र वित्त कम्पनीबाट प्रतिनिधित्व हुने गरी ४ जना सञ्चालक चयन हुने कार्यक्रम छ । केन्द्रमा बैंक तथा वित्तीय संस्थाको मात्र लगानी रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.