इन्च्यान्टर मिस टिन नेपाल २०१७ को ताज सन्जु मोक्तानलाई

  २०७४ असोज ९ गते १८:००     विकासन्युज

काठमाडौं । जेसिस्द्वारा आयोजना गरिएको ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ यहि असोज ६ गते नेपाल एकेडेमीहलमा भव्यताका साथ सम्पन्न भएको छ । इन्च्यान्टरको प्रायोजन र रिलायन्स पेन्ट्सको सह–प्रायोजनमा आयोजित मिस टिन २०१७को १५ औं संस्करणमा १६ देखि १९ वर्षका २७ जना प्रतियोगीहरुले मिस टिन ताजका लागि प्रतिस्पर्धा गरेका थिए ।

उक्त २७ प्रतियोगीहरु मध्ये सन्जु मोक्तान ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ बन्न सफल भएकी थिइन भने मेरी लिम्बू फस्ट रनर–अप र दिया मन्डल सिजापति सेकेन्ड रनर–अप बन्न सफल भएकी थिइन् ।

‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ कोेमन्चले विगतका वर्षहरुदेखि नारीहरुलाई हौसला र आत्मविश्वास प्रदान गर्दै आएको छ । विश्वभर नारी सौन्दर्यलाई प्राथमिक्ता दिदैं आएको इन्च्यान्टरको प्रायोजनमा आयोजित उक्त ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ लाई सफल बनाउनु हुने सबैमा इन्च्यान्टर कृतज्ञ रहेको विज्ञप्तिमा जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.