राष्ट्रिय वाणिज्य बैंकको आईपीओ ल्याउने योजना अलपत्र

  २०७४ असोज २ गते १५:३६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको साधारण सेयर (आईपीओ) ल्याउने योजना अलपत्र परेको छ ।

अर्थ मन्त्रालयले प्रक्रिया अघि नबढाएपछि बैंकको आईपीओ निष्कासन योजनामा ढिलाइ भएको हो । तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराका पालामा आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढेको थियो ।

वाणिज्य व्यवस्थापनले आईपीओ निष्कासन मापदण्डलगायत अन्य कामका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । तर अर्थले हालसम्म यसको कुनै निर्णय गरेको छैन् ।

“वाणिज्य बैंकको आईपीओ तत्काल नआउने अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख गणेशप्रसाद पाण्डेले बताए । प्रस्ताव आएपनि यस विषयमा छलफल र प्रक्रिया अघि नबढेको उनले स्पष्टपारे । “प्रक्रिया नै सुरु नभएकाले आईपीओ आउने संभावना देखिन्न” उनले भने ।

यता वैंकका प्रवत्ता तथा नायवमहाप्रवन्धक किरणकुमार श्रेष्ठ आईपीओ निश्कासनका लागि मन्त्रालयमा प्रस्ताव गएपनि हालसम्म प्रतिक्रिया नआएको बताए ।

यता वाणिज्य बैंकमा एनआईडिसी डेभलपमेन्ट बैंक गाभिने भएको छ । एनआईडीसी गाभ्ने (मर्जर) सम्बन्धमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भइसकेको छ । आउदो माघ १ गते देखि एकीकृत कारोबार शुरू गर्ने भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.