माछापुच्छ्रे बैंकद्धारा बाढी पीडितलाई २१ लाख सहयोग

  २०७४ असोज २ गते ८:३०     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत २१ लाख ११हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ । एक महिनाअघि तराईका विभिन्न जिल्लाहरुमा गएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्घार, राहत र पुनस्र्थापनाको निम्ति कोष मार्फत आर्थिक सहयोग गरेको हो ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बैंकका अध्यक्ष रोशन केसीले सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । बैंकले आगामी दिनहरुमा पनि देशमा आउन सक्ने यस्ता दैवीविपत्तिहरुमा सक्दो सहयोग जारी राख्ने प्रतिबद्धता समेत जाहेर गरेको छ ।

पोखराबाट २०५७ सालमा बैंकीङ्गकारोवार शुरु गरेको यस बैकले कुलशाखा संख्या ६२, एक्स्टेन्सन काउण्टर ४, शाखा रहित सेवा ४ र आफ्नै ८१ वटा एटिएमबाट करीव ५ लाख ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.