बैंक तथा वित्तीय संस्थासंग जनशक्ति र सामाजिक उत्तरदायित्वमा गरेको लगानी विवरण माग्दै राष्ट्र बैंक

  २०७४ भदौ २९ गते १०:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासंग जनशक्ति क्षमता अभिवृद्धि र सामाजिक उत्तरदाइत्वमा गरेको लगानीको विवरण माग्ने भएको छ ।

केन्द्रीय बैंकले गत आर्थिक वर्षको मौद्रीक नीतिमा बैंक तथा वित्तीय संस्थाले गर्ने कुल खर्चको ३ प्रतिशत कर्मचारीको वृति विकास र १ प्रतिशत समाजिक उत्तरदाइत्वअन्र्तग सामाजिक सेवामा खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न राष्ट्र बैंकले जनशक्ति विकासमा खर्च गर्न बैंक तथा  वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

कतिपय बैंक तथा वित्तीय संस्थाले निर्देशन पालना नगरेको भन्दै केन्द्रीय बैंकले गत आर्थिक वर्षसम्म कर्मचारीको वृति विकास र सामाजिक काममा गरेको खर्चको विवरण दिन निर्देशन जारीको गर्न लागेको छ ।

बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डितले बैंकले जनशक्ति विकास र समाजिक क्षेत्रमा गरेको लगानीको अनुगमन गर्ने बताउछन् । उनले राष्ट्र बैंकले अनुगमन गरिरहेको र आगामी दिनमा जारी राख्ने उनको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.