कलर्सको मोबाइल खरिदमा १०० प्रतिशत क्यास ब्याक अफर, साथमा आकर्षक उपहारपनि

  २०७४ भदौ १९ गते १७:५९     विकासन्युज

काठमाडौं । कलर्स मोबाइलले चाडपर्वलाई लक्षित गरेर एक पर्वोत्सव उपहार योजना १०० प्रतिशत क्यास ब्याक अफर सुरु गरेको छ । प्राइड मोबाइल सिरिजहरु पि४५, पि५५ सेल्फि र पि७० सेल्फियुको खरीदमा यो योजना लागू गरिएको कम्पनीले जानकारी दिएको छ।


कम्पनीका अनुसार हरेकहप्ता ५० जना विजेताहरुको नाम उद्घोष गरिनेछ जसले १०० प्रतिशत नगदफिर्ताका साथै अन्य आकर्षक उपहारहरु प्राप्त गर्नेछन् ।

यी फोन रहेका क्यामराका कारण उत्कृष्ट रहेको कम्पनीको दाबी छ । पि ४५ र पि५५ दुवैको  फ्रण्ट कुयामरा दुई मेगापिक्सलको छ भने  रियर क्यामरा ५ मेगापिक्सल को रहेको छ । त्यस्तै पि७० सेल्फियुको दुवै साइडमा ८ मेगापिक्सल क्यामरा सहित फ्ल्यास जडान गरिएको कम्पनीले जानकारी दिएको छ ।

‘यो पर्व मय अवसरमा कलर्स मोबाइल आफ्ना ग्राहकलाई उनीहरुकाआफन्तजनसँगको सामिप्यतालाई आत्मीयबनाउन उनीहरुसँग उत्कृष्ट गुणस्तरको फोनमार्फत् कुराकानी गराउन खुशीका रँगीनपलहरुलाई क्यामरामा कैद गरेर वर्षैांसम्मत्यसको सम्झना गराइ राख्ने चाहना राख्छ । यसैले हामी यो उपहार योजनाका साथ उपस्थित भएका छौं, यसबाट हामी ग्राहकलाई भरपूर लाभलिन र उत्कृष्ट गुणस्तरको क्यामरा जडित मोबाइलफोनलाई आफ्नो बनाउनहुन अनुरोध गर्दछौं, ‘ टेलिटकप्रा.लि.कासिइओ सञ्जयअग्रवालले बताए ।

कलर्स मोबाइल नेपाली मोबाइलको बजारमा यसको आविष्कार–उन्मुख फोनहरु, सुपथ मुल्य र बिक्रीपछिको सर्भिसकालागिचिरपरिचित रहँदै आएको कम्पनीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.