स्वावलम्बन बैंकद्वारा ८ जिल्लामा बाढीपीडितलाई राहत वितरण

  २०७४ भदौ १९ गते १७:०९     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकले बाढीपहिरोमा परी जनधनको क्षती व्यहोरेका पीडित परिवारलाई राहत वितरण गरेको छ । बैंकले बाढीपहिरो प्रभावित   मोरङ्ग, सुनसरी, सप्तरी, महोत्तरी, बारा, पर्सा, रसुवा र बर्दियाका १८ वटा  शाखा कार्यालय मार्फत १ हजार ८ सय ८६ ग्राहक सदस्यलाई राहत वितरण गरेको जानकारी दिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले प्रति सदस्य परिवार चामल, दाल, चिउरा, नुन र खानेतेल गरी १३ लाख २० हजार २ सय रुपैयाँ बराबरको राहत वितरण गरेको जानकारी दिएको छ । त्यस्तै, प्रभावित सदस्यहरुले बैंकको जीवन तथा आवास सुरक्षा योजना अन्तर्गतको नियम अनुसार थप सुविधा समेत पाउने बैंकले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.