२०७४ भदौ १९ गते ११:०३ विकासन्युज
काठमाडौं । प्रहरीले ८८ किलो तस्करीको सुन बरामद गरेको छ । प्रहरीले सोमबार बिहान काठमाडौंको जोरपाटीबाट ८८ किलो अबैध सुनसहित मनोज अधिकारीलाई पक्राउ गरेको हो ।
प्रहरीले सुनसँगै भन्सार छलेर ल्याइएको केहि थान मोबाइल सेटहरु पनि बरामद गरेको जनाएको छ ।
सुन, मोबाइल रसुवागढी नाकाबाट नेपाल भित्रिएको हुन सक्ने प्रहरीले पुर्वानुमान गरेको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.