लगानीकर्तालाई निराश नहुन नरेन्द्र सिजापतिका यस्ता छन् सेयर टिप्स

  २०७४ भदौ १५ गते १४:३६     विकासन्युज

सेयर बजार  कार्यक्रम :

६:३० बजे :

चिया पसलमा आर्थिक पत्रिका र अनलाइन खबरहरु हेर्ने । कम्पनीहरुको आर्थिक विवरण र समाचारमा ध्यान केन्द्रित गर्ने कति घटबढ भो याद गर्ने । चुरोट सल्काउदै लगानीकर्ताले आशा गरे अनुसार भएन, आज यसको मुल्य घट्ने भो भनेर बहस शुरु ।

७ देखि ९ बजे :

साथिभाई र ब्रोकरसंग फोनमा गफिदै, खै रिपोट खासै राम्रो आएन बजार बढ्ला जस्तो लागेन । उसले त आज बेच्नु पर्ला भन्दै थियो, बजार के होला मित्र ? बजार घटाउन पत्रपत्रिका लागि परेका छन् । अनावश्यक रुपमा बजार घटाउन स्रोतको छानबिनका कुरा पनि अाएको छ । खै के खै के यसपालिको दशैं खल्लो होला जस्तो छ ।

दिनको कार्यक्रम :

११ देखि ३ बजे :
शुरुमा हरियो देखेपछि, हल्लाखल्ला शुरु गर्दै, बजार बढाएर बेच्न ब्रोकरहरुले वाई अर्डर धेरै देखाका छन्, सेकेण्ड आवरमा बजार घट्ने भो । आजको कारोबार भोलुम पनि ब्रोकरले म्याचिङ गरेका कारण यति पुगेको हो नत्र यति पनि हुदैनथ्यो ।

साझको कार्यक्रम :

५ देखि ७ बजे :

आज बजार के कारणले यस्तो भएको होला गम खादै निरास भएर भोलिको बारेको पुनः नकरात्मक विचार बनाउदै एक्लै मधुसालामा प्याला संगै दुख साट्ने ।

रातिको कार्यक्रम :
८ देखि ११ बजे :

थुक्क अस्ति शेयर नकिनेको भए आज यति सस्तोमा पाईने रहेछ । बरु भोलि बेचेर दुईचार दिन पछि अझ सस्तोमा किन्ने हो की के गर्ने गर्ने । रिमोटले टि भिको च्यानल चेन्ज गर्दै शुरुदेखि अन्तिम र अन्तिमदेखि शुरुसम्म करिव चार पाच पटक चलाउदा पनि मन स्थिर नभएर फेरि मोवाइमा सामाजिक संन्जाल तर्फ कसले के पोष्ट गरेछन हेर्दै ओछ्यानमा कोल्टे फेर्दै निदाउन प्रयास गर्ने ।

दुवो प्रवृतिका लगानीकर्ता

विहानको कार्यक्रम :
आफुले गरेको लगानीको हिसाब किताव पुनः चेक गरेर सो कम्पनीसंग सम्वन्धित सूचनाहरु संकलन गर्ने तर्फ पत्रपक्का तथा अनलाइनका समाचारहरु हेर्ने । शेयर बजारसंग सम्वन्धित सकरात्मक र नकरात्मक सुचनाको विस्लेषण गरी तेसले पार्ने अल्पकालिन र दीर्घकालिन प्रभाव बारे बिचार गर्ने सोही अनुसार रणनिती बनाउने ।
शेयर बजारसंग सम्वन्धित नीति नियमहरु केही थपघट भएकी वा हुने क्रममा छन् की जान्ने प्रयार गर्ने । राजनैतिक, आर्थिक तथा सामाजिक समाचारले शेयर बजारमा पार्ने प्रभावको आकलन गर्ने । नबुझेका र अस्पष्ट भएका विषय जानकार साथिभाई वा सम्वन्धित ठाउमा बुझेर प्रष्ट हुने । बजारको चाललाई गम्भिरता पुर्वक हेरिरहने । दैनिक नभई कम्तिमा साप्ताहिक रुपमा बजारको चालको पुर्वानुमान गर्ने ।

दिनको कार्यक्रम :
बजारको चाल र आफुले गरेको अनुमानमा के कति कारणले फरक पर्न गयो तथ्य नजिक पुग्ने प्रयास गर्ने । के कस्ता सान्र्दभिक वा असान्दर्भिक सूचनाहरुले बजारमा तत्काल कस्तो प्रतिक्रिया जनायो अध्ययन गर्ने ।
लगानीको लागत कम गर्न स्रोतहरुको तुनला गर्ने । स्रोतको पहिचान गर्ने व्याजदरमा के परिर्वतन हुदैछ जानकारी लिने । लगानी बढाउने , यथावत राख्ने वा कम गर्ने बारे विचार गर्ने । दिनभरको विषय बस्तु, सूचना तथा गतिविधि स्मरण गर्ने ।

साझको कार्यक्रम :

शेयर बजारको निम्न नियम आफले पालना गरे नगरेको बिचार गर्ने । लामो समयको लागि लगानी ।
 क्षमता अनुसार कम पुजीबाट लगानी ।
 स्वयमले जान्ने बुभ्ने ।
 कम्पनीहरुको जानकारी भएपछि मात्र लगानी ।
 अल्प, मध्ये र दीर्घकालीन लगानी ।
 चाडो चाडो कम्पनी परिवर्तन नगर्ने ।
 सम्भावित जोखिम बारे पुर्ण सचेत रहने ।

• सकरात्मक सोच बाट नै सकरात्मक नतिजा आउछ । बजार नकरात्मक कदापि हुदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.