आजबाट नाडा अटो शो सुरु, भौतिक पूर्वाधार मन्त्री बलायरले गरे उद्घाटन

  २०७४ भदौ १३ गते १३:२७     विकासन्युज

काठमाडौं । मंगलबारदेखि गाडीहरुको कुम्भ मेला नाडा अटो शो २०१७ सुरु भएको छ । शोको औपचारिकरुपमा उद्घाटन भौतिक तथा पुर्वाधार मन्त्री वीर बहादुर बलायरले उद्घाटन गरे ।

कार्यक्रममा मन्त्री बलायरले सवारीसाधनको व्यवसाय प्रवर्द्धनका लागि मुख्य कुरा भौतिक पूर्वाधार नै महत्वपुर्ण कुरा भएकाले सडक निर्माणलाई नै प्राथमिकतामा राखिएको बताए । सडक निर्माण भएको ६ महिना वर्ष दिन नबित्दै कालो पत्रे बिग्रिने भएको हुनाले कार्य संपादन राम्रो नभएको उनले बताए । उनले भने, ‘सडक विभागको कार्यक्षेत्र बाहेकका आयोजनाको जिम्मेवारीमा रहेका सडक बिग्रदा पनि सडक विभागलाई दोष आउँछ । अब हामीले बनाएको सडकमा मार्कर लगाउने निर्देशन दिएको छुँ ।’

सडकहरु निर्माण गर्दा उपयुक्त प्रावधान बनाएर अघि बढे मात्र स्थाइ पुर्वाधारको विकास हुने उनले बताए । “सडकहरुको गुणस्तरमा प्रश्न चिन्ह उठेको छ , १ वर्ष सरकारको ठुलो धनराशी खर्च गरेर सडक निर्माण गर्न पर्ने अर्को वर्ष पुर्ननिर्माणको लागि सरकारले पुनःखर्च गर्नुपर्ने बिडम्बना छ ।”– मन्त्रीले भने ।

भर्खरै सुरु गरिएको यातायात इम्बोस्ट नम्बर प्लेटले सडक दुर्घटनामा भने न्युनता ल्याएको उनले बताए । कार्यक्रममा नाडा अटोमोबाइल डिलर्स एसिसिएसनका अध्यक्ष अन्जन श्रेष्ठले विकासका नाममा हुनुपर्ने सडक निर्माणलाई राजनीतिक दबाबका कारण अवरोध पुग्ने गरेको आरोप लगाए । उनले भने, ‘मुलुक खुला अर्थतन्त्र नीति अवलम्बन गरिसकेको अवस्थामा गाडीलाई निषेध नै गर्न सकिदैन । त्यसैले यसलाई चलाउनका लागि पनि कनेक्टीभीटी अपरिहार्य छ ।’ श्रेष्ठले बढ्दो सडक दुर्घटना न्युनिकरणका लागि पनि सरकारले पहल गर्नुपर्ने बताए । यसका लागि भेहिकल फिटनेसको व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.