कर्मचारीले कान फुकेपछि मन्त्रीले मागे बाहिरी चक्रपथको विस्तृत कार्ययोजना

  २०७४ भदौ ११ गते १२:३५     विकासन्युज

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले बाहिरी चक्रपथ आयोजनाको विस्तृत कार्ययोजना मागेका छन् । डिपिआर समेत स्वीकृत भैसकेको आयोजनालाई कार्यान्वयनमा लैजान मन्त्रालयकै केहि कर्मचारीले आनाकानी गरेपछि मन्त्री साहले कार्ययोजना मागेका हुन् । ‘मन्त्रालयका केहि उच्च कर्मचारीले बाहिरी चक्रपथ आयोजना अघि बढाउन चाहेका छैनन्, उनीहरुले नै मन्त्रीको कान फुकिरहेका छन, त्यसैले अब मन्त्रीले कार्ययोजना मागेर आफैं काम अघि बढाउन तयारी थालेका हुन’, शहरी विकास मन्त्रालय उच्च श्रोतले भन्यो ।

बाहिरी चक्रपथ आयोजनाका अधिकृत ध्रुव सापकोटाले पनि मन्त्रीले विस्तृत कार्ययोजना मागेको जानकारी दिए । ‘मन्त्रीज्यूबाट आयोजना कार्यान्वयनको विस्तृत कार्ययोजना माग भएको छ, हामी केहि दिनभित्रै बुझाउँछौं र मन्त्रीज्यूले काम अघि बढाउने आश्वासन दिनु भएको छ’, आयोजना अधिकृत सापकोटाले भने । शहरी विकास मन्त्री दिपेन्द्र नाथ शर्माले यसअघिे उपभोक्ता समिति गठनको विवरण, अधिग्रहण हुने जमिन, भत्काईने भौतिक संरचनाको विवरण मागेका थिए ।

बैशाख १३ गते बाहिरी चक्रपथको सतुंगल–चोभार क्षेत्रमा पर्ने ६ दशमलब ६१८ किलोमिटर खण्डको डिपिआर स्विकृत भएको थियो । ६ अर्ब लागतमा ६ दशमलब १६८ किलोमिटर सडक निर्माण लागिएको हो । त्यसका लागि सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण हुनेछ । बाहिरी चक्रपथमा ५० मिटरको सुबिधा सम्पन्न सडक र बाँकी जमिनको व्यवस्थित शहरीकरणको योजना अनुसार बस्ती विकास गरिनेछ ।

मन्त्रीले स्किवृति गरेसँगै आयोजनाले सार्वजनिक सूचना प्रकाशित गरेर ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गर्नेछ । सो खण्डमा ८० वटा घर भत्काउनुपर्ने आयोजनाले जनाएको छ । ती घरहरुको उचित मुआब्जा दिने पनि आयोजनाले अधिकृत सापकोटाले बताए ।
पाइटल प्रोजेक्टका रुपमा अघि सारिएको यो खण्डको अनुमानित लागत ६ अर्ब ३० करोड रुपैंयाँ रहेको छ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.