होङसी शिभम् सिमेन्टले ७१ जनालाई जागिर दिने

  २०७४ भदौ ९ गते १०:२२     विकासन्युज

काठमाडौं । नेपालमा सिमेन्ट कारखाना स्थापना गरेको बहुराष्ट्रिय होङसी शिभम् सिमेन्टले विभिन्न तहका लागि ७१ जना कर्मचारी मागेको छ ।

कम्पनीले शुक्रबार प्राविधिक कर्मचारीका लागि भर्ना खुला गरेको हो । कम्पनीले आगामी सेप्टेम्बर ५ सम्मका लागि आवेदन दिने मिति तोकेको छ । नवलपरासीमा सिमेन्ट कारखाना स्थापना गरिएको छ । दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य कारखानाको छ ।

होङसीलाई चीनबाट ३३ अर्ब रुपैयाँ लगानी ल्याउन सरकारले स्वीकृति प्रदान गरेको छ । नेपालको सिभम् सिमेन्टसंगको साझेदारीमा होङसीले नेपालमा लगानी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.