सामसुङको नयाँ शोरुम नयाँ बजारमा, एलइडी टिभीदेखि माइक्रोवेभ ओभनसम्म पाइने

  २०७४ भदौ ६ गते १३:१२     विकासन्युज

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा.लिले मंगलबार सामसुङको नयाँ शोरुम राजधानीको नयाँ बजारमा विस्तार गरेको छ ।

शोरुमको उद्घाटन गर्दै कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले ग्राहकहरुको मागलाई ध्यानमा राखेर बजारमा नयाँ शोरुमको स्थापना गर्न उत्साहित भएको बताए ।

शोरुमले ग्रहकका लागि आकर्षक अफर पनि प्रदान गर्ने कम्पनिले जनाएको छ । सामसुङ डिजिटल प्लाजामा सामसुङका उत्पादनहरु एलइडी टि.भी, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेभ वभेन, मोबाइल, तथा कर्भड टि.भी उपलब्ध हुने कम्पनीले जनाएको छ । सामसङ्गका उत्पादनहरुको बढ्दो मागलाई व्यवस्थित गर्न तथा ग्राहकलाई सर्वसुलभ तरिकाले उपलब्ध गराउने उद्देश्य रहेको कम्पनी जानकारी दिएको छ ।

उपत्यकाभित्र ९ वटा र बाहिर ५ वटा गरेर हालसम्म १४ वटा प्लाजा खुलिसकेको कम्पनीले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.