२०७४ भदौ १ गते १७:३४ विकासन्युज
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी गर्न चाहने सेवाग्राहीका लागि निशुल्क हटलाइन सेवा सुरु गरेको छ । आयोगका सचिव राजन खनालले हटलाइन सेवा १०७ को अनावरण गरेका छन् ।
यो हटलाइनमा सेवाग्राहीले आफ्ना गुनासो तथा भ्रष्टचारसँग सम्बन्धित उजुरी टिपाउन सक्नेछन् । त्यसलाई तत्काल सम्बोधन गर्ने आयोगले जनाएको छ ।
भ्रष्टाचार विरुद्ध उजुरी गर्न कुनै पनि बेला यो सेवा गर्न सकिने सचिव खनालले बताए । यो सेवाले सेवाग्राहीको आयोगसम्मको पँहुच बढाउन मद्दत पुग्ने उनले बताए । ‘कतिपय सेवाग्राहीले हामीलाई फोनमा उजुरी टिपाउदा ब्यालेन्स सकिएर बिचमै काटिने गरेका छन् । आयोगको अनलाईन सेवा र फोन नम्बर पनि थाहा नभएको गुनासो आउनेगरेको छ,’ उनले भने, ‘यो निशुल्क टेलिफोन सेवाले त्यस्ता समस्याको समाधान गर्नेछ ।’ यस सेवाको जानकारीका लागि सेवाप्रदायकको ढोकामा टास्ने आयोगले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.