एनबी इन्सुरेन्सकाे नाफा १० करोड, ५ करोड ७३ लाखले रूपैयाँले बढायाे

  २०७४ साउन ३२ गते ८:११     विकासन्युज

काठमाडौ। निर्जीवन बीमा कम्पनी एन.बी इन्सुरेन्सले गत आवमा १० करोड रुपैयाँ नाफा कमाएको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष जम्मा ४ करोड नाफा गरेको थियो ।

यसले गरको नाफा अघिल्लो वर्षको तुलनामा १३१ प्रतिशतले बढी हो । गत वर्ष यो बीमा कम्पनले ५ करोड ७३ लाखले नाफा बढाउन सफल भएको छ ।

अघिल्लो वर्ष गरेको नाफा भन्दा पनि बढी नाफा यसले एकै वर्षमा बढाएको छ । यो बीमा कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ९ करोड ३५ लाख रुपैयाँ छ । यसले बीमा कोषमा १० करोड २३ लाख रुपैयाँ रहेको छ ।

यसले गत वर्ष बीमा शुल्कबाट मात्रै ३० करोड रुपैयाँ संकलन गरेको थियो । पुनर्विमा कमिशनबाट ६ करोढ ७७ लाख रुपैयाँ कमाएको थियो । यसको अभिकर्ता कमिशनमा १ करोड १५ लाख खर्च भएको छ ।

गत वर्षसम्मको कुल विमाशुल्क आर्जन भने ६९ करोड रुपैयाँ रहेको छ । यसको बिमालेखको संख्या ५६ हजार ११९ मात्रै छ । यस मध्ये नबीकरण भएका विमालेखको संख्या भने १७ सय ६४ वटा मात्रै छ । यसको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३९ पैसा छ । यसको प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ ५१ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.