टेलिकमले बढायो २९ प्रतिशतले नाफा, ३ अर्ब ३८ करोड नाफा बढाएर १५ अर्ब पुर्यायो

  २०७४ साउन ३२ गते ७:४२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ नाफा कमाएको छ ।

यस्तो नाफा अघिल्लो वर्ष ११ अर्ब ६१ करोड रुपैयाँ थियो । टेलिकमले गत वर्ष २९ दशमलव २४ प्रतिशतले नाफा बढाउन सफल भएको छ ।

यसले ३ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ नाफा बढाएर १५ अर्ब १ करोड रुपैयाँ पुराएको छ ।

टेलिकमले सेवा क्षेत्रबाट मात्रै ४० अर्ब रुपैयाँ आम्दानी गरेको छ । अन्य सेवबाट ४ अर्ब कमाएको पनि उल्लेख छ ।

यो कम्पनीले प्रति सेयर आम्दानी एक सय रुपैयाँ ११ पैसा रहेको छ ।  यसको नेटवर्थ प्रति सेयर ६२० रुपैयाँ ४६ पैसा छ । भएकोले यसको प्रतिसेयर आम्दानी एक सय रुपैयाँ देखिएको हो । यसको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । टेलिकमको वार्षिक कुल खर्च मात्रै २४ अर्ब रुपैयाँ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.