मेगा बैंकले बढायो साढे ४३ प्रतिशतले नाफा, बैंकले कमायो ७९ करोड

  २०७४ साउन २७ गते ८:५६     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गत वर्ष साढे ४३ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले गत वर्ष अघि ७९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तो नाफा अघिल्लो वर्ष ५५ करोड १० लाख रुपैयाँ थियो । यो नाफा २४ करोड रुपैयाँले बढी हो ।

यो बैंकले गत असार मसान्तसम्ममा ३८ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरेर अर्ब ३४ अर्ब ५९ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले गरेको लगानी ४ अर्ब ४८ करोड रुपैयाँ छ । यसको सीसीडी रेसियो ७० दशमवल ०५ प्रतिशत रहेको छ ।

यो बैंकको गत असार मसान्तसम्मको चुक्ता पुँजी ४ अर्ब ५८ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा १ अर्ब २८ करोेड रुपैयाँ छ भने यसको लगानी ४ अर्ब ४८ करोड रुपैयाँ छ ।

यो बैंकको प्रति सेयर आम्दानी १७ रुपैयाँ २७ पैसा छ । यसको खराब कर्जा १ दशमलव ३७ प्रतिशत छ । यो बैंकको नेटवर्थ प्रति सेयर १२७ रुपैयाँ ९७ पैसा रहेको पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.