महालेखाको ताकेतापछि बीमा संस्थानले भदौसम्म १३ वर्षको लेखापरीक्षण गर्ने

  २०७४ साउन १७ गते १३:१७     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आगामी भदौसम्म १३ वर्षको लेखापरीक्षण गर्ने भएको छ । समितिले लामो समयदेखि हुन नसकेको लेखापरीक्षण आगामी भदौसम्म गराउने प्रक्रिया अघि बढाएको हो ।

संस्थानले विभिन्न कारण देखाउँदै २०६०/६१ देखि लेखापरीक्षण गराउन सकेको थिएन । बीमा समितिमा संस्थानको वित्तीय विवरण पठाएपनि स्वीकृत नहुँदा लेखापरीक्षण रोकिएको थियो । महालेखा कार्यालयबाट पटक पटक ताकेता गरेपछि समितिले सो अवधिसम्म लेखापरीक्षण गरिसक्ने योजना बनाएको हो ।

समितिमा नयाँ अध्यक्ष चिरञ्जीवी चापागाईँ आएपछि आर्थिक वर्ष २०६३/६४ सम्मको वित्तीय विवरण स्वीकृत भएको छ । त्यसपछि आव २०६८/६९ सम्मको वित्तीय विवरण गत विहिबारमात्र समितिमा स्वीकृतीका लागि गएको छ । साउनसम्म उक्त आवसम्मको लेखापरीक्षण गर्नको लागि महालेखाले अडिटर गर्दैछ भने आव २०७२/७३ सम्मको विवरण पनि समिति लैजाने प्रक्रियामा छ ।

सो विवरण स्वीकृत गरेरपछि भदौसम्मको लेखापरीक्षण सम्पन्न गर्ने संस्थानका प्रशासक अश्वीनी कुमार ठाकुरले बताए । ‘लामो समयदेखि हुन नसकेको लेखापरीक्षणको काम यहि वर्ष हामी सम्पन्न गर्दैछौ,’ उनले भने ‘अब संस्थानमा रहेका सबै दुविधाहरू हटेर जानेछन् ।’ ‘ म आएपछि सबै काम सहज बन्दै गएको छ,’ उनले भने ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.