सदाचारलाई कुल्चिँदै देउवा सरकार, पहुँचका आधारमा धमाधम आर्थिक सहायता वितरण

  २०७४ साउन १४ गते ७:२२     विकासन्युज

काठमाडौं । मन्त्रिपरिषद् पहुँचका आधारमा आर्थिक सहायता वितरण र कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्न व्यस्त

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदभार सम्हाल्ने क्रममा सुशासनका लागि सदाचार नीति लागू गर्ने निर्णय गरेका थिए । त्यसको विपरीत मन्त्रिपरिषद्ले भने धमाधम आर्थिक सहायता वितरण र कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्ने कामलाई बढावा दिइरहेको छ ।

असार मसान्तसम्म मन्त्रिपरिषद्ले एक गैरसरकारी संस्था र अन्य आठजनालाई गरी ४५ लाख आर्थिक सहायता वितरण गरेको छ । असार महिनामा मात्र आठजनालाई २९ लाख र सुर्खेतको महिला जेसिसलाई १५ लाख दिइएको छ ।

संसद्को सुशासन समितिका सदस्य जनकराज जोशीले मन्त्रिपरिषद्बाट वितरण हुने आर्थिक सहायता सदाचार नीतिविपरीत भएको बताए । ‘पहुँचका आधारमा वितरण हुने आर्थिक सहायता सुशासनको परिधिभित्र पर्दैन । बिरामी भएर आर्थिक सहायता दिने हो भने स्वास्थ्य मन्त्रालयबाट आउनुपथ्र्यो । गृह मन्त्रालयबाट प्रस्ताव लाने र निर्णय गर्दै पैसा बाँड्ने काम गर्नु सदाचारको परिभाषामा पर्दैन,’ उनले नयाँ पत्रिकासँग भने ।

यस्तै, मन्त्रिपरिषद् बैठकले असार महिनामा २८ जना सचिव र संवैधानिक आयोगका पदाधिकारीको विदेश भ्रमण स्वीकृत गरेको छ । उनीहरू अध्ययन र अवलोकन भ्रमणका नाममा विदेश जान लागेका हुन् । कुल एक सय १९ निर्णयमध्ये मन्त्रिपरिषद्ले ३५ सरुवा र बढुवाको निर्णय गरेको छ ।

देउवा नेतृत्वको सरकारबाट आर्थिक सहायता पाउनेहरू
रामहरि जोशीको उपचारमा लागेको खर्च सरकारको व्यहोर्ने
– भक्तपुर निवासी सांसद रामेश्वरप्रसाद ढुंगेललाई चार लाख
– बुद्धिकुमारी पाण्डे, आनन्दवन–६ रुपन्देहीलाई पाँच लाख
– विनोदकुमार गुरुङ, सिर्थौली–९ सिन्धुलीलाई तीन लाख
– दुर्गादेवी खड्का, रामेछापलाई तीन लाख
लक्ष्मी दर्जी रुकु कालिकोटलाई तीन लाख
– गंगाराम नकाल, सानोपेटी–३ रुकुम तीन लाख
– सुमन नकाल सानोपेटी–३ रुकुम तीन लाख
– लेखापाल गिरिराज शर्मा सुवेदीको श्रीमती टीका सुवेदीलाई क्यान्सर उपचारका लागि पाँच लाख
– महिला जेसिस सुर्खेतलाई १५ लाख अनुदान

असार ८ गतेको मन्त्रिपरिषद् बैठकको विदेश भ्रमण स्वीकृतका निर्णयहरू स्
– सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिवको थाइल्यान्ड भ्रमण स्वीकृत गर्ने ।
– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिवको पोल्यान्ड भ्रमण स्वीकृत गर्ने ।
– लोकसेवा आयोगका सदस्यहरूको क्यानडा भ्रमण स्वीकृत गर्ने ।
– प्रधानमन्त्री कार्यालयका सचिव रामकुमार आचार्यलाई म्यानमार भ्रमणमा जान स्वीकृत गर्ने ।
– कानुनसचिव कमलशाली घिमिरेलाई अमेरिका भ्रमणको स्वीकृत दिने ।
कृषिसचिव सुरोज पोखरेललाई स्विट्जरल्यान्ड भ्रमणको स्वीकृत दिने ।
– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव भीमबहादुर तामाङलाई थाइल्यान्ड, भियतनाम र कम्बोडिया अध्ययन भ्रमणमा जान स्वीकृत गर्ने ।
– प्रधानसेनापति राजेन्द्र क्षत्रीको अमेरिका भ्रमण स्वीकृत गर्ने ।
– सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङलाई चीनको अवलोकन भ्रमणको स्वीकृति दिने ।

असार २२ गतेको मन्त्रिपरिषद् बैठकको विदेश भ्रमण स्वीकृत निर्णयहरू 
– योजना आयोगका उपाध्यक्षको अमेरिका भ्रमण स्वीकृत गर्ने ।
-योजना आयोगका सदस्य डा। चन्द्रकान्त पौडेललाई थाइल्यान्डको अवलोकन भ्रमणमा जान स्वीकृति दिने ।
– प्रधानमन्त्री कार्यालयका सचिवद्वय गोपीनाथ मैनाली र राजीव गौतमलाई अस्ट्रेलियाको अध्ययन भ्रमणमा जान स्वीकृति दिने ।
– राष्ट्रिय योजना आयोगका सदस्य डा। स्वर्णिम वाग्लेलाई अमेरिका भ्रमणको स्वीकृति दिने ।
– महालेखा परीक्षक टंकमणि शर्मालाई अमेरिका भ्रमणमा जान स्वीकृत गर्ने ।
– कानुन मन्त्रालयका कामु सचिव चिरञ्जीवी खनालको टोलीलाई श्रीलंका भ्रमणमा पठाउने ।
– कृषि विकास मन्त्रालयका सचिव सुरोज पोखरेलको नेतृत्वमा इन्डोनेसिया, मलेसिया र म्यानमार भ्रमणको स्वीकृति दिने ।
– खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिवलाई अस्ट्रेलिया भ्रमणको स्वीकृति दिने ।
– परराष्ट्रमन्त्रीको भारत भ्रमणको समर्थन गर्ने ।
– उपराष्ट्रपतिको चीन भ्रमण स्वीकृत गर्ने ।
– वाणिज्यसचिव ङइन्द्रप्रसाद उपाध्यायको स्विट्जरल्यान्ड भ्रमण स्वीकृत गर्ने ।
– शिक्षामन्त्री र सचिवसहितको टोलीलाई अस्ट्रेलिया भ्रमणको स्वीकृति दिने ।
– श्रम तथा रोजगार सचिव र राष्ट्रिय योजना आयोगका सदस्य डा। कृपासिन्धुप्रसादलाई फिलिपिन्सको अध्ययन भ्रमणमा जान स्वीकृत गर्ने ।
– संघीयता अध्ययन भ्रमणमा भारत भ्रमणको स्वीकृति दिने ।
– सिँचाइसचिव रामानन्दप्रसाद यादवसहितको टोलीलाई ‘। भ्रमणलाई स्वीकृत गर्ने ।
– ९गृहमन्त्री र गृहसचिवको श्रीलंका भ्रमण स्वीकृत गर्ने ।

विदेश भ्रमणका निर्णयहरू
राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको स्वकीय सचिव जीवछ साहसहित सात सदस्यको चीन भ्रमण स्वीकृत । सञ्चार मन्त्रालयका सचिवलाई भुटान भ्रमणको स्वीकृति दिने । नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.