२०७४ असार १६ गते ७:०० विकासन्युज
काठमाडौं । उपत्यकामा एक दिनमै पाँच करोड रुपैयाँ मूल्य बराबरको दहीको कारोबार भएको छ । असार १५ मा यो परिमाणमा दहीको कारोबार भएको छ ।
असार १५ मा दहि र चिउरा खानैपर्ने नेपाली संस्कार छ । त्यसैले यो दिन सामान्य दिनभन्दा उपत्यकामा झन्डै पाँच गुणाभन्दा बढी दहीको माग हुने गरेको छ ।
माग अघिक हुने गरेकोले ठूला उद्योगीलाई असार १५ भ्याइनभ्याइ हुने गरेको छ ।
असार १४ देखि नै आम उपभोक्ताले दहिको माग गर्ने गरेका छन् ।
माग बर्षेनी बढ्दै जाँदा कच्चा दूधको अभावमा माग पूरा गर्न गाह्रो परिरहेको उद्योगि व्यवसायीको भनाइ छ ।
अनौपचारिक रुमा भने दहिको कारोबार ६ करोड रुपैयाँ भन्दा बढीले भएका पनि उल्लेख छ । अन्नपूर्ण पोस्टबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.