तीन वटा बै‍कको २० लाख ५६ हजार कित्ता सेयर लिलामीमा

  २०७४ असार ७ गते ८:२२     विकासन्युज

काठमाडौं । २ वटा वाणिज्य र एउटा विकास बैंकको गरी २० लाख ५६ हजार ६ सय ४ कित्ता सेयर लिलामीमा राखिएको छ ।

यसमध्ये सानिम बैंकको सर्वसाधारण तर्फको २ लाख ११ हजार ४७ किता सेयर रहेको छ ।

यो सेयर आगामी असार २२ गते भित्रै लिलामी गर्ने बैंकले जानकारी दिएको छ । यसका लागि यही असार १५ गते देखि २२ गते भित्र न्युनमत एक सय रुपैयाँ कबोल गरेर शिलबन्दी बोलपत्र पेश गर्न बैंकले अनुरोधन गरेको छ । यसको विक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेड हो ।

यस्तै नेपाल बैंङ्गलादेश बैंकले पनि ९ लाख ८८ हजार १२० कित्ता सेयरको लिलामी गर्ने भएको छ ।

यसले संस्थापक तर्फको १९ हजार ५११ कित्ता र सर्वसाधारण तर्फको ९ लाख ८८ हजार १२० कित्ता सेयरको लिलामी गर्दै छ ।

यो बैैंकले पनि यही असरा १४ देखि २१ गतेभित्र बोलपत्र पेश गर्नुपर्ने गरी आवेदन मागेको छ । यो बैंकको विक्री प्रवन्धक ग्लोवल आईएमई क्यापिटल हो ।

सिदार्थ डेभलपमेन्ट बैंकले पनि ८ लाख ५७ हजार कित्ता सेयरको लिलामी गर्ने भएको छ ।

यो बैंकले संस्थापक समूहको ४ लाख ५ हजार ८८८ कित्ता र सर्वसाधारण तर्फको ४ लाख ५१ हजार ५४८ कित्ताको सेयरको लिलामी गर्ने भएको छ ।

यो बैैंककले पनि यही असार १४ देखि २१ गतेभित्र शिलवन्दी बोलपत्र पेश गर्नुपर्ने जानकारी दिएको छ । यसको विक्री प्रवन्धक नबील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.