नविल बैंकले एकै पटक १० वटा शाखा विस्तार गर्ने

  २०७४ जेठ २३ गते १०:०९     विकासन्युज

काठमाडौं । नविल बैंकले एकै पटक १० वटा शाखा विस्तार गर्ने तयारी थालेको छ । बैंकले उपत्यका बाहिरका बिभिन्न १० वटा शहरमा नयाँ शाखा सञ्जाल विस्तार गर्न लागेको हो ।

नविलले सुर्खेतको बिरेन्द्रनगर, सिरहाको लाहान, कैलालीको टिकापुर, कास्कीको तालचोक, बगर, र अमरसिंह चोकमा नयाँ शाखा विस्तार गर्न लागेको हो । त्यस्तै, दाङको लमही, महोत्तरीको बर्दिबास, चितवनको रत्न नगर र सर्लाहीको हरिवनमा नयाँ शाखा विस्तारका लागि भाडामा घर खोजी गर्न थालेको छ ।

बैंकले भुई तल्ला वा पहिलो तल्लामा २००० देखि २५०० वर्गफुट क्षेत्रको घर खोजिरहेको छ । त्यस्तो घरमापानी र ३ फेजको विजुली लाइन तथा ६ मिटर चौँडाईको बाटो अनिवार्य हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकले सो क्षेत्रमा त्यस्ता भवन मालिकहरुले असार ६ गतेभित्र भाडा दरसहित शिलबन्दी गरेर आवेदन दिन पनि भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.