एभरेष्ट बैंक र वेस्ट रेमिटबिच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता

  २०७४ जेठ १९ गते १४:०९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र वेस्ट रेमिटबिच रेमिट्यान्स भुक्तानी गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार वेस्ट रेमिट मार्फत नेपालीले विदेशबाट पठाएको रकम एभरेष्ट बैंक मार्फत भुक्तानी गर्न सकिने छ । हाल बैंकले आफ्नै अनलाइन रेमिट्यान्स सेवा एभरेष्ट रेमिटमार्फत सेवा प्रदान गरिरहेको छ ।

यो सुविधा यू.ए.ई, कतार, बहराइन, ओमन, मलेसिया, बेलायत, अमेरिका, जापान र कोरियामा कार्यरत नेपालीहरुका लागि उपलब्ध गराएको थियो जुन आगामी दिनहरुमा अन्य देशहरुमा पनि बिस्तार गर्ने बैंकले जनाएको छ । इन्वार्ड रेमिट्यान्स तथा वैदेशिक व्यापार सहज बनाउनलाई बैंकले विभिन्न देशहरुका बैंक/एजेन्सीहरुसँग सहकार्य गर्दै आएको छ ।

त्यसैगरि, बैंकले इजी रेमिट, एक्सप्रेस मनि ट्रान्सफर, मनिग्राम, वेस्टर्न यूनियन मनि ट्रान्सफर, तथा क्यास एक्सप्रेससँग तत्काल रकम भुक्तानीका लागि यस अघि नै सम्झौता गरीसकेको छ जसले बैंकलाई विश्वभरबाट आउने रेमिट्यान्स रकम भित्र्याउन सहज भएको छ ।

साथै, बैंकले आफ्नो पन्जाब नेशनल बैंकको ‘इन्मेरिट’ मार्फत भारतबाट पनि रेमिट्यान्स भित्र्याउँदै आएको छ । यस सुविधामा ग्राहकहरुले पन्जाब नेशनल बैंकका शाखाहरु, पन्जाब नेशनल बैंकको मोबाइल वा इन्टरनेट बैंकिंग सुविधा तथा व्यवसायीक प्रतिनिधिहरु मार्फत एभरेष्ट बैंकमा सिधै रकम पठाउन सक्ने कम्पनीले जनाएको छ ।

बैंकले हाल आफ्ना ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८८ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । साथै, एभरेष्ट बैंक भारतमा आफ्नै प्रतिनिधि कार्यालय भएको पहिलो नेपाली बैंक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.