ज्योति विकास बैंकले एकैसाथ खोल्यो ३ नयाँ शाखा

  २०७४ जेठ १८ गते १५:२०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले सुनसरीको झुम्का, सुर्खेतको बीरेन्द्रनगर तथा दाङ्गको घोराहिमा गरी एकै दिन ३ नयाँ शाखाहरु स्थापना गरेको छ । ३० औं शाखा सुनसरीको झुम्कामा नेपाल राष्ट्र बैंक बिराटनगरका निर्देशक रामु पौडेल र उद्योग बाणिज्य संघ झुम्काका अध्यक्ष सगेन चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

त्यस्तै ३१ औं शाखा सुर्खेतको बीरेन्द्रनगरमा उद्योग बाणिज्य संघ सुुर्खेतका अध्यक्ष प्रकाश अधिकारी र यस बैंकका संचालक जगदिश्वर प्रसाद अधिकारीले संयुक्त रुपमा गरेका छन् । यसैगरी ३२ औं शाखा दाङ्गको घोराहीमा नेपाल राष्ट्रबैंक नेपालगंजका निर्देशक गुरुप्रसाद पौडेल, उद्योग बाणिज्य संघ दाङ्गका अध्यक्ष हेमराज बन्जाडे र यस बैंकका संचालक नारायण प्रसाद पौडेलले संयुक्त रुपमा गरेका छन् ।

उक्त कार्यक्रममा स्थानिय उद्योगी, व्यबसायी, समाजसेवी लगायतको उल्लेख्य उपस्थिती समेत रहेको थियो । हाललाई यि शाखाहरु सहित ३२ शाखा, एउटा एक्टेन्शन काउन्टर तथा ७ वटा एटिएम मार्फत स्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

हाल बैंकको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । यस अघि झिमरुक विकास बैंकसंग मर्जर प्रक्रिया सम्पन्न गरी २०७३/४/२८ बाट एकिकृत रुपमा कार्य संचालन गरी सकेको छ । त्यस्तै राप्तीभेरी विकास बैंकलाई प्राप्तीको प्रक्रियामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.