नेपाल बैंकको नाफा ९ महिनामा २ अर्ब ५१ करोड

  २०७४ वैशाख २७ गते ११:०६     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा दुई अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको छ । गत बर्षको चैतमा बैंकको नाफा एक अर्ब ६४ करोड रुपैयाँ थियो । बैंकको चुक्ता पूँजी ७ अर्ब ४५ करोड छ । संचिज कोषमा २ अर्ब ७६ करोड रुपैयाँ छ ।

८३ अर्ब ९५ करोड निक्षेप संकलन गरेको बैंकले ७४ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । बैंकको लगानी ९ अर्ब ७२ करोड रुपैयाँ छ । बैंकले खुद ब्याज आम्दानी दुई अर्ब ९० करोडबाट बढाएर चार अर्ब सात करोड रुपैयाँ पुर्याएको छ । आम्दानी ब्यापक रुपमा बृद्धि गरे पनि कर्मचारी खर्च पनि उत्तिकै बढेको छ । बैकले कर्मचारीका लागि गत वर्ष एक अर्ब ५२ करोड रुपैयाँ खर्च गरेकोमा यसपाली एक अर्ब ६८ करोड रुपैयाँ नाघेको छ । असाधारण आम्दानी १२ करोड रुपैयाँ गरेको बैंकले डुबेको ऋणमध्येबाट  ३० करोड ४७ लाख रुपैयाँ राइटब्याक गरेको छ ।

बैंकको खराव कर्जा ३.६७ प्रतिशतबाट घटेर २.८५ प्रतिशतमा आएको छ । पूँजी कोष अनुपात ९.५५ प्रतिशतबाट बढेर १३.५२ प्रतिशत पुगेको छ । यो वर्षको नाफाबाट बैंकका सेयरधनीले बोनस सेयर पाउने भएका छन् । बैंकको प्रति सेयर आम्दानी ४५ रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.