एकै दिन सूचिकृत भयो ३ अर्ब २७ करोडको सेयर

  २०७४ वैशाख २० गते १५:२८     विकासन्युज

काठमाडौं । नेप्सेमा एकै दिन ३ अर्ब २७ करोड ३९ लाख ३४ हजार ९ सय रुपैंयाको हकप्रद तथा बोनस सेयर सूचिकृत भएको छ । एभरेष्ट बैंक, जनता बैंक, युनाइटेड फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, काक्रेबिहार विकास बैंक र किसान माइक्रोफाइनान्स वित्तिय संस्थाको ३ करोड २७ लाख ३९ हजार ३ सय ४९ कित्ता हकप्रद र बोनस सेयर सूचिकृत भएको हो ।

एभरेष्ट बैंकको एक अर्ब ८६ करोड ३८ लाख २२ हजार ८०० रुपैँयाँ बराबरको बोनस सेयर दर्ता भएको हो । जनता बैंकको २४ करोड ७२ लाखको बोनस सेयर र एक अर्ब २७ करोड ८२ लाख २७ हजार ४ सय रुपैंयाँ बराबरको हकप्रद सेयर दर्ता भएको हो । सप्तकोशी डेभलपमेन्ट बैंकको ११ करोड मुल्यको बोनस र १० करोडको हकप्रद सेयर पनि दर्ता भएको छ । काक्रेबिहार विकास बैंकको पनि ११ करोड १५ लाख ६९ हजार ५ सय मुल्यको बोसन सेयर दर्ता भएको हो ।

किसान माइक्रोफाइनान्स वित्तिय संस्थाको १२ करोड २० लाखको बोनस सेयर दर्ता भएको छ । र युनाइटेड फाइनान्सको ३ लाख १५ हजार २०० मुल्यको बोनस सूचिकृत भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.