नेपाल लाइफ इन्स्योरेन्सको नाफा ७२ प्रतिशतले वृद्धि, ९ महिनामा ७ अर्ब ९४ करोड बीमा शुल्क आर्जन

  २०७४ वैशाख १९ गते ८:५०     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा ७२ प्रतिशतले नाफा वृद्धि गरेको छ । कम्पनीले चैत मसान्तसम्ममा ४० करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफामा बीमाङ्किय मूल्याङकलपछि प्राप्त हुन नाफा जोडिएको छैन । गत वर्ष सोही अवधिमा कम्पनीले २३ करोड ८० लाख रुपैयाँ नाफा गरेको थियो ।

कम्पनीले नौ महिनामा ७ अर्ब ९४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको सेयर पुँजी ३ अर्ब ९ करोड रुपैयाँ छ । जगेडा तथा कोषमा ४ अर्ब ७३ करोड रुपैयाँ छ । जीवन बीमा कोष ३७ अर्ब रुपैयाँ भने महाविपत्ती कोषमा २२ करोड रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा छ । प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ छ । पीई अनुमान १४१.१५ छ । हाल यस कम्पनीको सेयर प्रतिकित्ता २२५० रुपैयाँमा कारोबार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.