दिनहुँ थपिन्छन् पाँच हजार इन्टरनेट प्रयोगकर्ता, इन्टरनेट प्रयोगकर्ता डेढ करोड

  २०७४ वैशाख १२ गते ७:५२     विकासन्युज

काठमाडौं । नेपालमा हरेक दिन औसतमा दैनिक पाँच हजारभन्दा बढी इन्टरनेट प्रयोगकर्ता थपिने गरेका छन् ।

विशेषगरी मोवाइल नेटवर्कको विस्तारसँगै नेपालमा इन्टरनेट प्रयोगकर्ताको बृद्धिदर पनि सोही अनुुपातमा बढेको देखिएको छ ।

नेपला दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एक वर्षको (पुस मसान्तसम्मको) तथ्यांक अनुसार सो अवधिसम्मा २० लाख ६३ हजार इन्टरनेट प्रयोगकर्ता थपिएका छन् ।

वार्षिक इन्टरनेट प्रयोगकर्ताको औषतको आधारमा दैनिक ५ हजार भन्दा बढी इन्टरनेट प्रयोगकर्ता थप हुने उल्लेख छ ।  दूरसञ्चार सेवाप्रदायकले मोवाइलमा आधारित ग्लोबल प्याकेट मोवाइल सर्भिस (जीपीआरएस) मार्फत सहजै इन्टरनेट सेवा उपलवब्ध गराउन थालेपछि यसको कुल प्रयोगकर्ताको बृद्धिदर व्यापक देखिएको हो ।

प्राधिकरणको तथ्यांक अनुसार पुससम्म एक करोड ७५ लाख ८० हजारले नेपालमा इन्टरेनट प्रयोग गर्छन् । मोवाइल इन्टरने प्रयोग गर्नेको संख्या करीब डेढ करोड पुगेको छ । गाेरखापत्र दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.