२०७३ चैत ३१ गते ११:४२ विकासन्युज
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान निर्वाचित भएका छन् । महासंघको नव निर्वाचित कार्य समितिको पहिलो बैठकले प्रधानलाई कोषाध्यक्षमा सर्व सम्मतिले निर्वाचित गरेको हो ।
प्रधान महासंघकै इतिहासको पहिलो कोषाध्यक्ष बन्न सफल भएका छन् । बिधान संसोधनपछि व्यवस्था गरिएको कोषाध्यक्ष पदमा उनी निर्विरोध भएका हुन् ।
सुरुमा एसोसियट तर्फको उपाध्यक्षको उम्मेदवार बन्ने तयारी गरेका प्रधान अन्तिममा कोषाध्यक्षको उम्मेदवार बनेका थिए । अब निजी क्षेत्रको सबै भन्दा ठुलो छाता संगठनको हिसाब किताब प्रधानले हेर्नेछन् ।
लामो समयदेखि महासंघमा आवद्ध प्रधान अघिल्लो कार्य समितिमा उर्जा समितिका सभापति थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.