जनता बैंकले सिद्धार्थ डेभलपमेन्ट बैक एक्वाएर गर्ने, चुक्ता पूँजी ८ अर्ब नाघ्ने

  २०७३ चैत २८ गते १८:५६     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सिद्धार्थ डेभलपमेण्ट बैक लिमिटेडलाई एक्वाएर (प्राप्ति) गर्ने भएको छ । सो सम्बन्धी सम्बन्धि सम्झौतापत्रमा जनता बैक नेपाल लिमिटेडका तर्फबाट अध्यक्ष केशबबहादुर रायमाझी र सिद्धार्थ डेभलपमेन्टको तर्फबाट अध्यक्ष रामबहादुर भण्डारीले हस्ताक्षर गरेका छन् । बैकले उत्कृष्ट वाणिज्य बैकको रुपमा स्थापित हुने उद्देश्यका साथ यो प्राप्ति सम्बन्धी सम्झौता गरेको जनाएको छ ।

जनता बैकले चैत्र २५ गतेबाट नै राष्ट्रियस्तरको त्रिवेणी बिकास बैकसँग मर्जर सम्पन्न गरी एकीकृत कारोवार शुरु गरेको छ । त्रिवेणी विकास बैक पश्चात बैकको चुक्ता पूँजी करिब ५ अर्ब पुगेको छ । त्यस पश्चात सिद्धार्थ डेभलपमेन्ट बैकको प्राप्ति र चालू आर्थिक बर्षको मुनाफाबाट बैकको पूँजी ८ अर्ब पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्तिपछि बैकको करिब १०० भन्दा बढी शाखा सञ्चालनमा आउने छन् । त्यस्तै, बैंकको निक्षेप ५५ अर्ब रुपैयाँ र लगानी ५० अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.