२०७३ चैत २३ गते १६:२५ विकासन्युज
काठमाडौं । सामसुङ नेपालले सामसुङको नयाँ ग्यालेक्सी ए७ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ५ दशमलव ७ इञ्च डिस्प्लेको उक्त फोन बजारमा सार्वजनिक गरेको हो ।
उक्त फोनमा आधुनिक डिजाइन तथा नवीनतम प्रविधिको भएकाले पावरफूल पर्फरमेन्सका साथ अधिकतम सुविधा उपलब्ध रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार कभ्र्ड ग्लास र मेटल बडी भएको उक्त फोनमा वाटर र डष्ट रेजिष्टेन्स, इनहान्ष्ड क्यामरा फिचर र फिङ्गरप्रिण्ट स्क्यानर पनि उपलब्ध छ । उक्त फोनमा रहेको वाटर एण्ड रेजिष्टेन्सले पानी, बालुवा, पसिना तथा धूलोजस्ता तत्त्वबाट सुरक्षित राख्ने कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार उक्त स्मार्टफोनको फ्रण्ट तथा रियर क्यामेरा १६एमपीको रहेको छ । उक्त फोनमा उपलब्ध रहेको एफ१.९ लेन्स तथा स्क्रीन फ्ल्यासमार्फत प्रयोगकर्ताले उज्यालो तस्वीर र सेल्फी लो लाइट कण्डिशनमा पनि लिन सक्नेछन् । फोनको सरल यूआईले क्यामेरा कन्ट्रोल गर्न सजिलो बनाउनुका साथै एक हातको प्रयोगले स्क्रीन स्वीप गर्न, मोड बदलन तथा पिक्चर इफेक्ट्स चलाउन सजिलो बनाएको छ । प्रयोगकर्ताले फूड मोड प्रयोग गरी फोटो अप्टिमाइज गर्न वा फोटोको कलर मिलाउन गराउन पनि सक्नेछन् ।
उक्त फोनमा ३२ जीबी मेमोरीका साथै लञ्च अफरका रूपमा ३२ जीबीकै एडिशनल माइक्रो एचडी कार्ड उपलब्ध गराएको छ, जसलाई २५६ जीबीसम्म एक्सपेण्ड गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
नेपाली बजारमा उक्त फोनको मूल्य ५४ हजार ९ सय तोकिएको जानकारी कम्पनीले दिएको छ । फोनको खरीदमा ३२ जीबीको माइक्रो एसडी कार्ड र १० हजार ४ सय एमएएचको पावर बैङ्क निःशुल्क उपलब्ध छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.