सिभिल बैंक ४० प्रतिशत हकप्रद सेयर निष्काशनको गृहकार्यमा, देवः विकास र सिनर्जीसँग स्वाप रेसियो मिलेन

  २०७३ चैत १३ गते १७:२६     विकासन्युज

काठमाडौं । सिभिल बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने गृहकार्य शुरु गरेको छ । यसअघि बैंक सञ्चालक समितिले २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो ।

स्रोतका अनुसार देबः विकास बैंक र सिनर्जी फाइनान्स प्राप्ति गर्ने सम्बन्धमा भएको आन्तरिक गृहकार्य असफल भएपछि हकप्रद सेयर २० प्रतिशतको सट्टा ४० प्रतिशत निष्काशन गर्ने गृहकार्य शुरु भएको हाे।

‘बैंक व्यवस्थापन समितिले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न सुझाव दिएको छ । यस सम्बन्धमा आगामी विहीबार बस्ने सञ्चालक समितिकाे बैठकले टुङगो लगाउनेछ’ स्रोतले भन्यो  । ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा ठूला लगानीकर्तालाई पैसा जुटाउन गाह्रो पर्ने विषय पनि उठेको छ ।

स्वाप रेसियो नमिलेपछि देबः विकास बैंक र सिनर्जी फाइनान्स प्राप्ति गर्ने प्रयास असफल भएको स्रोतले बतायो । त्यस्तै सिभिल बैंक आफ्नै खराव कर्जा ४.४४ प्रतिशत रहेको र ती संस्था प्राप्तिपछि खराव कर्जा ५ प्रतिशत नाघ्न जोखिम बढेपछि उनीहरु एक्विजिशन प्रक्रियाबाट पछि हटेका हुन् ।

सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाईनान्स र युनिक फाईनान्स लिमिटेड प्राप्ति गर्ने सम्झाैतामा हस्ताक्षार हुँदै

यसअघि सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाईनान्स र युनिक फाईनान्स लिमिटेड प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ । प्राप्तिपछि सिभिल बैंकको चुक्ता पूँजी ५ अर्ब ५ करोड पुग्ने छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले २.८८ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकको मौद्रिक नीति असार मसान्त भित्र न्यूनतम चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने गृहकार्य थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.