हवाई यात्रामा ल्यापटप, ट्यावलेट, क्यामेरा लगायत इलेक्ट्रोनिक सामाग्री प्रतिबन्द

  २०७३ चैत १० गते १६:५४     विकासन्युज

काठमाडौं । हिजो बेलायतको राजधानी लण्डनमा आतंकबादीहरुले नयाँ तरिकाबाट हमला गरे । घट्नामा कम्तिमा ४ जना मारिए भने २९ जना घाइते भए  ।

अतिवादीहरुले अक्रमणको नौलो तरिका अपनाएपछि बेलायत सरकारले विमान यात्रुलाई साथमा ल्यापटप, ट्यावलेट, क्यामेरा, डीभीडी प्लेयर तथा इलेक्ट्रोनिक गेम्स राख्न प्रतिबन्द लगाउने तयारी गरेको बीबीसीले जनाएको छ ।

बेलायतमा मात्र होइन, यदि तपाई मध्यपूर्व तथा उत्तर अफ्रिकाका तोकिएका विमानस्थलबाट अमेरिका जाँदै हुनुहुन्छ भने आइन्दा तपाईले स्मार्ट फोनभन्दा ठूला कुनै पनि इलेक्ट्रोनिक उपकरण आफूसाथ क्याबिनमा लैजान पाउनुहुन्न ।

यो नियमले १० वटा विमानस्थलका ९ विमान कम्पनीलाई प्रभावित गर्नेछ । ती सबै मुसलमान बहुल देशमा पर्छन ।

जेट विमान हमला गर्न अतिवादीहरुले नौलो तरिका खोजिरहेको अमेरिकी अधिकारीहरुले बताएका छन् । बमलाई ल्यापटप, ट्यावलेट, क्यामेरा, डीभीडी प्लेयर तथा इलेक्ट्रोनिक गेम्समा लुकाइन सक्ने उनीहरुको विश्वास छ ।

गत वर्ष बम राखिएका ल्यापटप पड्कँदा एक सोमाली विमानमा ठूलो प्वाल परेको थियो । उक्त विमान त्यतिखेरा भर्खरै मोगादिशुबाट उडेको थियो ।

विमानमै रहेका स्वीडेनका लागि सोमाली राजदूले घटनाको भिडियो खिचेका थिए । विमान धेरै माथि नउडिसकेको हुनाले पाइलटले सुरक्षित अवतरण गराउन सके । (बीबीसीमा अाधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.