२०७३ चैत १० गते १३:२८ विकासन्युज
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बिहीबारबाट आफ्नो चौथो एक्सटेन्सन् काउन्टरको सेवा काठमाडौंको टोखामा सञ्चालन गरेको छ । बैंकले उक्त काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पुर्याउने उद्देश्य राखेको छ ।
यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ४ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, ४ वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गरेपछि बैंकको शाखा संजाल ९० वटा हुनेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.