सिंगल इन्जिनमा अर्बको लगानी डुब्दै, मल्टि इन्जिनमा जाने वायुसेवाकाे पनि सिंगल इन्जिन थन्कीयाे

  २०७३ चैत १ गते ८:४८     विकासन्युज

काठमाडौं । पाइलट अभावले दुईवटा उडान योग्य जहाज भएर पनि गोमा एयरको सिंगल इन्जिनको उडान करिब चार महिनादेखि बन्द छ । काष्टमण्डपको एउटा जहाज गत वर्षको फागुनमा दुर्घटना भएपछि यसको उडान अवस्था कमजोर रहेको भन्दै अर्को पनि प्रतिवन्ध लाग्यो । गत कात्तिक अन्तिम साता मकालु एयरको जहाज कर्णालीमा दुर्घटना भएको थियो । त्यसपछि एउटा मात्रै बाँकी रहेको मकालु एयरको जहाज पनि एक सातादेखि विग्रिएर उडान बन्द भएको छ ।

भएका जहाज बन्द हुँदै जाने, नयाँ थप नहुने भएका कारण नेपालमा अहिले दुर्गम क्षेत्रको सेवाको आधार मानिएको सिंगल इन्जिनको जहाज उडान ठप्प नै छ । पाइलट अभाव भएकैकारण गोमा एयरको २ वटा जहाजले उडान गर्न सकेको छैन । पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरणले सिंगल इन्जिनका वायुसेवाको उडानमा प्रोत्साहन नगरेका कारण भएको जहाजलाई पनि टिक्नै धौधौ परिरहेको छ ।

सिंगल इन्जिनका जहाज प्रयोग गर्न नसक्दा, भएकै जहाज थन्कदा र थप लगानी गर्ने नपाउँदा करोडौ लगानीको जहाज खेर त गयो, मल्टि इन्जिनमा जान नसक्ने कम्पनीको संचरना र व्यवस्थापन पनि खेर गएको छ । एक सिंगल इन्जिन वायुसेवा कम्पनीका अनुसार मूल्यमा हिसाव गर्दा अहिले तीन वटा सिंगल इन्जिन जहाज कम्पनी, यसमा भएको लगानीको हिसाव गर्ने हो भने एक अर्ब रुपैयाँ डुवेको छ ।

गोमा एयरका एक इन्जिनियर राकेश कोइरालाका अनुसार गोमाको २ जहाज नेपालगन्जमै थन्किएको छ । उनका अनुसार यो कम्पनीले सिंगल इन्जिनको विकल्प मल्टि इन्जिन खोजिसकेको छ । यसका अन्य चार वटा मल्टि इन्जिनका जहाज भने नियमित उडानमा छन् । उनका अनुसार प्राविधिक कारणले सिंगल इन्जिन सकिदै जानु, भएको जहाजले पनि उडान गर्न नक्सनु र थप ल्याउने आधार नहुुनले पनि सिंगल इन्जिन नेपालबाट विस्थापन हुन लागेको हो ।

गोमा एयरको दुई वटा सिंगल इन्जिनका जहाज पाइलट नै नपाएकोका कारण थन्किएको हो । गोमाले जहाज उडानको लागि पाइलटको खोजि गरिरहेको बताएको छ । पाइलट पाउँनासाथ दुईवटै सिंगल इन्जिनको उडान गर्ने यो कम्पनीको भनाइ छ । गोमाले हाल चार वटा मल्टि इन्जिनको १९ सिट क्षमताको लेट उडाइरहेको छ । मल्टि इन्जिनको जहाजका लागि भने पाइलट अभाव नभएको कम्पनीको भनाइ छ ।

सिंगल इन्जिन हट्दै मल्टि इन्जिन थपिँदै
सिंगल इन्जिनबाट सेवा सुरु गरेको गोमा एयरले हाल ४ वटा मल्टि इन्जिनका जहाज पुराइसकेको छ । यसले सन् २०१० मा २ वटा सिंगल इन्जिनबाट सेवा सुरु गरेको थियो ।

मकालु र एयर काष्टमण्डपसँग भएका सिंगल इन्जिनका जहाज सकिएका छन् । थप ल्याउन नपाउँने व्यवस्था नेपालको हवाई क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको छ ।

प्राधिकरणका एक अधिकारीका अनृुसार अब काष्टमण्डप र मकालुलेपनि मल्टि इन्जिनमा नगए यो वायुसेवा सधैलाई बन्द हुने भएको छ । प्राधिकरणका अनुसार थप सिंगल इन्जिन ल्याउन पाइदैन, मल्टि इन्जिनमा प्रतिस्पर्धा गर्न नसक्ने टिक्न सक्दैनन् ।

मल्टि इन्जिनकै सेवा दिइरहेको सौर्य एयरले पनि भर्खरै एउटा जहाज थप गरेको छ । यो वायुसेवाले ५० सिट क्षमताको सीआरजे २०० नामक जहाज थप गरेको हो । यो वायुसेवासँग यही प्रकृतिको एउटा जहाज उडानमा रहेको छ । एउटा थप भएपछि यसका पनि दुई वटा जहाज भएका छन् । एउटा मात्रै जहाज भएका कारण चार्टर उडान गरिरहेको यो वायुसेवाले अब भने नियमित सेड्युल उडान गर्न पाउने भएको छ ।

यो वायुसेवाले नयाँ जहाज एक अर्ब रुपैयाँ खर्च गरेर थप गरेको जानकारी दिएको छ । अब जहाज थप गर्ने तयारीमा रहेको श्री एयरलाइन्सले पनि छिट्टै २ वटा मल्टिइन्जिनका जहाज ल्याउने भएको छ । यो वायुसेवाले उडान अनुमतिको लागि प्रक्रिया अगाडि बढाइरहेकोले छिट्टै २ वटा जहाज ल्याएर नियमित उडान गर्ने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.