एनसीसी बैंकद्धारा एकिकृत सेयर प्रमाणपत्र लिन आव्हान

  २०७३ फागुन २२ गते १७:५८     विकासन्युज

काठमाडौं । एनसीसी बैंकले एकिकृत सेयर प्रमाण पत्र लिन लगानीकर्तालाई आव्हान गरेको छ । एपेक्स, इन्फ्रास्ट्रक्चर, सुप्रिम र इन्टरनेशन डेभलपमेन्ट बैंक र एनसीसी बैंक मर्जर भएपछि कायम हुने सेयर संरचनाको प्रमाण पत्र लिन आव्हान गरेको हो ।

इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका सेयर धनीलाई फागुन २२ देखि २४ गतेसम्म, एपेक्स डेभलपमेन्ट बैंकका सेयरधनीलाई फागुन २६ देखि ३० गते, सुप्रिम डेभलपमेन्ट बैंकका सेयर धनीलाई चैत १ देखि ४ गतेसम्म र इन्टरनेशन डेभलपमेन्ट बैंकका सेयर धनीलाई चैत ६ देखि १० गतेसम्मको समय दिइएको छ । सेयरधनीहरुले बागबजारस्थित एनसीसी बैंकको सेयर शाखाबाट नयाँ सेयर प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।

डिम्याट खाता भएका सेयर धनीहरुका सवालमा भने स्वाप रेसिया अनुसारको सेयर खातामै राखिदिने पनि बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.