जनता बैंकले शुरु गर्यो चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड

  २०७३ फागुन १८ गते १७:३२     विकासन्युज

काठमाडौं । जनता बैंकले बुधबारदेखि चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । कार्ड सम्बन्धि कारोवारलाई अझ सुरक्षित बनाउँदै कार्डबाट हुने कारोवारको जोखिम न्यूनिकरण गर्ने उद्येश्य बमोजिम चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

पारम्परिक म्याग्नेटिक स्ट्राइप प्रविधिका कार्डहरुभन्दा चिप प्रविधिका कार्डहरु बढी सुरक्षित मानिन्छन् । आफ्ना ग्राहकहरुसँग रहेका म्याग्नेटिक स्ट्राइप प्रविधिका कार्डहरुलाई क्रमशःप्रतिस्थापन गर्ने बैंकको योजना रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.